Logo

भ्रष्ट छवीका गोविन्दराज जोशीको उम्मेदवारी निर्वाचन आयोगद्धारा बदर



कात्तिक १८, काठमाण्डौ । निर्वाचन आयोगले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभाका लागि उम्मेदवारी दिएका गोविन्दराज जोशीको उम्मेदवारी खारेज गरेको छ ।
भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएको भन्दै निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेजको निर्णय गरेको हो ।

कांग्रेसले टिकट नदिएपछि पूर्वगृहमन्त्री समेत रहेका जोशीले प्रतिनिधिसभा सदस्यका लागि तनहुँ १ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर, जोशीविरुद्ध कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले उजुरी दिएका थिए ।
जोशीविरुद्ध परेको उजुरीका सम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले आयोगबाट निर्देशन मागेको थियो । आयोगले नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने कानुनी व्यवस्था भएको भन्दै जोशीको उम्मेदवारी बदर गर्न निर्देशन दिएको छ । आयोगको न्यायोचित निर्णयसँगै भ्रष्ट छवीका एक उम्मेदवार घटेका छन् ।



प्रतिक्रिया दिनुहोस्