Logo

बामदेवलाई बर्दियाको माया छैन, उहाँले यो क्षेत्रलाई शोषणमात्रै गर्नुभएको छ : मन्त्री सञ्जय गौतम



बर्दिया, १५ मंसिर । बर्दिया क्षेत्र नम्बर १ प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवार एवम् सिँचाईमन्त्री सञ्जय गौतमले आफूलाई जनताले अत्यधिक मत दिएर विजयी गराउने दाबी गरेका छन् ।

 

शुक्रबार साँझ रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको नेतृत्वमा बर्दिया पुगेको क्लबको टोलीसँगको विशेष चुनावी साक्षात्कारमा बोल्दै मन्त्री समेत रहेका नेता गौतमले आफू बर्दियामा जन्मिएको, हुर्किएको र राजनीति यही भूमिबाट सिकेकोले सम्पूर्ण जीवन बर्दियाली जनताको सेवा र यहाँको विकासको लागि समर्पित गर्ने विश्वास दिलाए ।

उनले भने,“म त यहीँको मान्छे हुँ, यो माटोप्रति मेरो विशेष झुकाव छ, म चुनाव जित्छु भन्दापनि यहाँका जनताले मलाई नै रुचाउनुभएको छ, अब निर्वाचनको नतिजा आउञ्जेलसम्म कुर्न म सबैलाई आग्रह गर्दछु ।”

बर्दियाका जनतलो यो पटकको निर्वाचनमा नेतृत्व परिवर्तनको पक्षमा रहेको उल्लेख गर्दै मन्त्री गौतमले भने,“यहाँका जनता अहिले परिर्वतन चाहन्छन्, धेरै लामो समयसम्म बर्दिया वामपन्थी राजनीतिको एकाधिकार थियो, यसको नेतृत्व वामदेव गौतमले गर्नुभएको थियो, जनता यो पटक उक्त नेतृत्वको परिवर्तन गर्नुपर्छ भन्ने व्यग्र चाहनामा हुनुहुन्छ।”

आफ्नो प्रतिद्धन्द्धी एवम् नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले उक्त क्षेत्रको विकासको लागि केही पनि गर्न नसकेको उनको आरोप थियो । गौतमले भने,“यो २५ वर्षको ईतिहाँस हेर्नुहोस् त बर्दियामा कुनै प्रगति भएन, बाटोघाटोहरु यथास्थितिमा रह्यो, बर्दियाका जनताले अहिले विकासको लागि मसँग अपेक्षा गरेका छन् ।”

त्यस्तै उनले अहिले जनताले नाम भन्दापनि नेताले गरेको कामका आधारमा रुचाउने वा नरुचाउने भन्ने कुरा प्रधान रहेको सुनाए । उनले थपे,“मान्छे कामले हेभीवेट हुन्छ। बर्दियाको जनताले मलाई चिनेको छन, उहाँहरुले मलाई माया गर्नुभएको छ। मेरो जनताको आँखामा मैले मप्रति नै आशा र भरोसा राखेको पाएँ, उहाँहरुको बडी ल्यांगेजमा पनि मेरो अनुहारमात्रै देखेको छु ।”

उनले आफूले संविधान सभाको निर्वाचनमा विजयी भएपछिका चार वर्षमा गरेका कामहरु र बामदेवले २५ वर्षमा गरेका कामहरु तुलना गर्दापनि आफू नै अघि रहेको समेत दाबी गरे । त्यस्तै उनले प्रतिद्धन्द्धी बामदेवले उक्त क्षेत्रमा आफूलेमात्रै विकास गरेको भन्ने तर्क नै असत्य रहेको आरोप लगाए । उनले भने,“उहाँका तर्कमा कुनै सत्यता छैनन, बाटोघाटोहरु, बजारहरुको स्रोतको व्यवस्थापन, गल्लीगल्लीहरु जानुहोस् कति विकास भएका रहेछन्, तस्विर आँफै बोलिरहेको छ । उहाँलाई यो क्षेत्रको कुनै माया छैन। केही पनि विकास गर्न सक्नुभएको छैन।”

आफू मन्त्री भएपछि पनि उक्त क्षेत्रको सिँचाई समस्या समाधान गर्नको लागि लडेको स्मरण गराउँदै भने,“चार अर्बको बजेट पास गराएको छु । क्याविनेटमा पनि लडेको छु । चार वर्षदेखि म त निरन्तर यही माटोको विकास र यहाँका जनताहरुको जीवनस्तर उकास्न लागिपरिहेको छु, सिँचाईमन्त्री भएपछि मैले उल्लेखनीय काम गरेको छु । अब विजयी भएँ भने तीन वर्षभित्र बहुवर्र्षीय ठेक्कामा, सुरु गरेका आयोजनाहरु पूरा गर्छु । समृद्धिको यात्रा हो ।” उनको चुनावी नारा नै राम्रो बर्दिया, सम्मुनत बर्दिया भएकोले यसको मुहार फेर्ने चाहना रहेको सुनाए ।

उनले आफू विजयी हुने ठोकुवा गर्दै भने,“यो क्षेत्रमा चुनावी नतिजा मेरो पक्षमा आउँछ । म बर्दियाका जनताहरुलाई निराशा हुन दिन्न। म यहाँको माटोमा जन्मिएँ, यहीँ हुर्किएँ, राजनीतकि यात्रा मेरो यहीँबाट सुरु भएको हो नि, तर बाामदेवले यो माटोलाई कहिल्यैपनि माया गर्नुभएको छैन, उहाँले यो माटोलाई शोषण गर्नुभएको छ।”

मन्त्री गौतमले बर्दियाका जनता विकास निर्माणका पक्षमा भएकोले जनताको आवश्यकत्ता आफूले सम्बोधन गर्ने प्रण समेत गरे । उनले भने,“अहिले फेरि वामदेवजीले म गर्छु विकास भन्दै हिँड्नुभएको छ, विकास गर्ने भए त उहाँले गरिहाल्नुहुन्थ्यो नि, वामदेवले यत्रो वर्ष सक्नुभएको छैन, अब कसरी गर्नुहुन्छ ?”

उनले अबको निर्वाचनमा कांग्रेसको बहुमत आउँने समेत दाबी गरे । गौतमले थपे,“मैले आशा गरेको छु । पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म लोकतान्त्रिक गठबन्धनका पक्षमा व्यापक जनलहर छाएको छ, त्यसैले कांग्रेसले बहुमत ल्याउँछ।”

उनले बर्दियामा हाल व्याप्त रहेका समस्याहरुमध्ये बाटोघाटो, पुलपुलैसा निर्माण गर्ने, बेरोजगारको चरम उत्कर्ष भएकोले रोजगारी सिर्जना गर्ने, तटबन्ध निर्माण गर्ने, सिचाईको व्यवस्था गर्ने लगायतका योजनाहरु सुनाएँ । आफूले बामदेव गौतमजस्तो सुनको चरा उडाईदिन्छु भन्दै कहीँकतैपनि नहिँडेको उनको भनाई थियो ।

हालै चुनावी प्रचारप्रसारको क्रममा घरदैलो जाने क्रममा एक ठाउँमा आफू र वामदेववीच झम्का भेट भएको स्मरण गराउँदै सञ्जयले भने,“उहाँसँग सौहार्दपूर्ण तवरले कुरा भयो, मैले उहाँलाई स्वच्छ प्रतिष्पर्धा हो भनेको छु, ठूलदाईले पनि मलाई शुभकामना दिनुभयो, वामदेवले मलाई उहाँको गलाको माला खोलेर लगाईदिनुभयो, मैलै सोचें त्यही दिनदेखि मेरो विजयी भएको छु, वामदेवसँग प्रतिष्पर्धा गर्नु मेरो सौभाग्य हो ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot