Logo

केपी ओली अब कहिल्यै पनि प्रधानमन्त्री बन्न सक्दैनन्, अबको प्रधानमन्त्री मै हुँ : देउवा (शेरबहादुर र आरजुसँगको कुराकानी भिडियोसहित)



नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय निकाय, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनाव गराउन लगभग सफल भइसके । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी पूरा भइसकेको छ । देउवा नेतृत्वको सरकारले चुनाव सम्पन्न गराएर संविधान कार्यान्वयनको पहिलो चरण पार गराउन लागेको हो । चुनावपछि बन्ने सरकार आफुहरुले गठन गर्ने वाम गठबन्धनका नेताहरुको दाबी छ भने कांग्रेसले पनि सबैभन्दा ठूलो दल बनेर आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने दाबी गर्दै आएको छ । चुनाव, चुनावपछिको सरकार र लोकतान्त्रिक गठबन्धनको अवस्था लगायतका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पत्रकार ऋषि धमलाले अन्तरवार्ता लिएका छन् । धमलाले देउवाका साथै कैलाली क्षेत्र नम्बर ५ बाट कांग्रेसका तर्फबाट उम्मेदवार दिएकी कांग्रेस नेतृ डा. आरजु देउवासँग पनि अन्तरवार्ता गरेका छन् । टेलिभिजन कार्यक्रम धमलाको हमलाका लागि लिइएको अन्तरवार्ताको भिडियोसहित यहाँ प्रस्तुत गरिएको छ ।

नेपाली कांग्रेसको पक्षमा जनमत कस्तो पाउनुभयो ?
नेपाली कांग्रेसको पक्षमा जनलहर आएको छ । कांग्रेसले पूर्ण बहुमत ल्याएरै छाड्छ ।

चुनाव सम्पन्न गराउँदै हुनुहुन्छ । कस्तो लाग्दैछ ?
मलाई एकदम सन्तोषको महसुस भइरहेको छ । धेरै वर्षपछिको लडाईबाट प्राप्त संविधान कार्यान्वयनको बाटोमा हामी जाँदैछौँ । संविधानले सबै नेपाली नागरिकलाई सम्मान दिएको छ । यति राम्रो संविधान कार्यान्वयनका लागि चुनाव गराएर कसैले खोस्न नसक्ने गरी संविधानको पूर्ण कार्यान्वयन गराउँछु । अब स्थायी लोकतन्त्र आउँदछ ।

विपक्षीहरुले त कांग्रेसले चुनाव हार्दैछ भनेका छन् । कांग्रेसले बहुमत ल्याउने आधार के छ ?
प्रचार त जे पनि गरेका छन् । शेरबहादुरले चुनाव सार्दैछ भनेर प्रचार गरियो । चुनाव महत्वपूर्ण कुरा हो । संविधानको कार्यान्वयन त मैले मात्रै गर्न सकेँ नि । अरुले किन गरेनन् ? अब लोकतन्त्र र गणतन्त्र स्थायी रुपमा स्थापित हुँदैछ । केपी ओलीले त चुनाव भइसकेपछि पनि चुनाव सार्दैछ भन्न बेर छैन । चुनाव सरेको सपना देख्नेहरुलाई मैले के भन्ने ?

कांग्रेसले बहुमत ल्याउन सक्ने आधार के छ ?
कांग्रेस पार्टी समावेशी समानुपातिक धारणालाई अगाडि बढाएको पार्टी हो । आदीवासी, जनजाती, महिला, थारु, दलित लगायत सबैको अधिकार कांग्रेसले सुनिश्चित गराएको छ । यति राम्रो संविधानलाई संशोधन गरेर फेरी राष्ट्रपतीय पद्धति ल्याउन खोजिदैछ । त्यसैले वामपन्थीहरुले यो समावेशी संविधानलाई ध्वस्त पार्न खोज्दैछन् । नागरिकको अधिकार खोस्न खोजेका छन् । तर अब जनताले बुझिसकेका छन् । राष्ट्रपतीय प्रणालीले त अधिकार खोस्छ नि । अधिकार खोस्न चाहनेलाई कसले भोट हाल्छ ?

कांग्रेसले देशमा विकास गर्न सकेन भन्ने आरोप छ नि ?
कांग्रेसले विकास नगरे कसले ग¥यो ? नेपालमा कतिवटा एयरलाइन्स थियो ? एउटा थियो । अहिले कतिवटा छ ? एउटा विश्वविद्यालय थियो । अहिले १० वटा भइसक्यो । एउटा मेडिकल कलेज थियो । अहिले कति छ ? हरेक सदरमुकाममा बाटो पुगेको छ । किन विकास भाछैन ? धेरै विकास भएको छ । बिचमा हिसांत्मक द्धन्द्ध नभएको भए अझै विकास हुन्थ्यो ।

सुदुरपश्चिम अर्थात प्रदेश नम्बर सातको विकासका लागि तपाईको योजना के छ ?
सबै ठाउँमा सडक पुगिसकेको छ । गाउँगाउँमा पनि रोड पुग्न थालेको छ । गाउँदेखि बजार जोड्ने बाटो बनेको छ । गाउँको उत्पादन बजारमा पु¥याउन सहज भएको छ । यसलाई अझै व्यवस्थित बनाउँछौँ । कृषकहरुको देश भएकाले अब गाउँगाउँमा पुगेको बाटो पिच बनाउँछौँ ।

कम्युनिष्टहरुले विकास गर्न सक्दैनन् ?
नारा मात्रै ल्याउँछन् उनीहरुले । कम्युनिष्टहरु गरिबी बढाउन चाहन्छन् ।

तपाईले त वाम गठबन्धनको सरकार बन्यो भने अधिनायकवाद आउँछ भन्नुभएको छ । यो कसरी सम्भव छ ?
कुन कम्युनिष्ट देशमा चुनाव हुन्छ ? जनताले भोट हाल्न पाउँछन् ? जनताले सरकार बनाउन पाउँछन् ? उनीहरु आफैँ कम्युनिजम ल्याउने भन्छन् । उनीहरुले भनिसके त । राष्ट्रपतीय प्रणाली ल्याउँछु भनेको एक जनालाई अधिकार दिन खोजिएको होइन ?

कम्युनिष्टहरु २ तिहाई बहुमत ल्याउने कुरा गरेका छन् । त्यो कत्तिको सम्भव छ ?
कहाँबाट ल्याउँछन् ? जनताले बुझिसके । अब बहुमत कांग्रेसले ल्याउँछ । तानाशाही शाषन ल्याउनका लागि जनताले भोट हाल्छन् ?

मधेशी जनताको मागलाई अब कसरी सम्बोधन गर्नुहुन्छ ?
मधेशी जनताको चाहनाअनुसार नेपालको संविधान भोलीका दिनमा पनि सुधार हुन्छ नि । नेपाली जनताको चाहना अनुसार संविधान सुधार भइरहन्छ । तर समावेशीता हट्दैन ।

चुनावपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने आधार छ ?
मैले भनिसकेँ त । जनताले कांग्रेसलाई पत्याउँछन्, भोट हाल्छन् ।

विकास र आर्थिक क्रान्तिको नेतृत्व कांग्रेसले किन गर्न सकेन ?
सबैभन्दा बढि विकास कांग्रेसले नै गरेको छ । यो सबै काम कांग्रेसले गरेको होइन ? कम्युनिष्टले के विकास ग¥याछ ?

तपाई त विश्व घुमेको नेता, अरु देशमा कति विकास भएको छ । नेपालमा हुन सकेन नि ?
अब हुन्छ । स्वदेशी र विदेशी लगानी ल्याएर विकास गर्नुपर्छ । हामीसँग पुँजी छैन, विदेशबाट ल्याउनुपर्छ ।

सुदुरपश्चिममा २२ वटा पुल बनेका छन् । ति सबै मनमोहन अधिकारीले बनाएको भनिएको छ नि ?
सब फटाहा कुरा । सब झुटा कुरा हुन् । महाकाली सन्धी मैले गरेको होइन ? त्यसमा ओलीले पनि भोट हालेको होइन ? अहिले महाकाली सन्धी कार्यान्वयन हुँदैछ । टनकपुरबाट नहर आउँदैछ ।

अहिले चुनावका बेला शान्ती सुरक्षा मजबुत हुन सकेको छैन नि ?
चुनाव विथोल्नका लागि एउटा तत्व लागिरहेको छ । तर सरकार शान्तिपूर्ण रुपमा चुनाव गराउन प्रतिबद्ध छ । सुरक्षा निकायहरु पूरा सक्षम छन् । जनताले निर्धक्कसँग भोट हाल्न पाउँछन् ।

शेरबहादुर देउवालाई डडेलधुराबासीले किन मतदान गर्ने ?
अरुले जिते माननीय मात्रै हुने हो । मैले जिते भनेँ प्रधानमन्त्री बन्छु । प्रधानमन्त्री बन्ने उम्मेदवारलाई भोट नदिएर अरुलाई दिन्छन् त ? अरु पार्टीको सुदुरपश्तिमबाट प्रधानमन्त्री बन्ने को छ ?

केपी शर्मा ओलीले त शेरबहादुर देउवा कांग्रेसका तर्फबाट अन्तिम प्रधानमन्त्री हुन् भन्नुभएको छ नि ?
केपी ओली अब कहिल्यै पनि प्रधानमन्त्री बन्न सक्दैनन् । कांग्रेसले बहुमत ल्याउने भइसक्यो । अबको प्रधानमन्त्री मै हुँ ।

कम्युनिष्ट शासन आयो भने रुन पनि पाइदैन भन्नुभयो । यो विषयमा धेरै आलोचना भयो नि ?
कम्युनिष्ट शासनमा कहाँ हुन्छ अधिकार ? कम्युनिष्ट शासन आयो भने बोल्न लेख्न पाउँदैन ।

नेपालमा कम्युनिष्ट शासन आउँछ र ? कांग्रेस त आत्तियो नि ?
अब कहाँ आउँछ ? हाम्रो बहुमत आउँछ । हामी आत्तिएकै छैनौँ । तर उनीहरुको नियत त मैले जनतालाई भन्नुप¥यो नि ।

कार्यक्रम धमलाको हमलामा कांग्रेस नेतृ आरजु देउवासँग पनि कुरा गरिएको थियो । कुराकानीका क्रममा कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारसमेत बनेकी कांग्रेस नेतृ डा. आरजु देउवाले कलाली क्षेत्र नम्बर ५ मा धेरै चुनौति देखिएकाले आफूले उक्त क्षेत्र रोजेको बताएकी छिन् ।
अन्तरक्रियाका क्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै आरजुले विकासको प्रचुर सम्भावना भएर पनि विकास हुन नसकेको भन्दै कैलाली क्षेत्र नम्बर ५ मा धेरै विकास गर्नुपर्ने बताइन् । कैलालीको गौरी भन्सार नाकालाई व्यवस्थित गर्दै ठूलो नाकाको रुपमा विकास गर्न सके देशकै महत्वपूर्ण नाकाको रुपमा स्थापित हुने बताइन् ।
त्यस क्षेत्रका नागरिकले पनि आफूलाई माया गरेको उनको दाबी छ । विगतमा समानुपातिकतर्फबाट सभासद बन्नुमा पनि त्यस क्षेत्रका मतदाताको महत्वपूर्ण योगदान रहेको आरजुको भनाई छ ।
विगतमा कांग्रेसबाहेक अरु कसैले पनि त्यस क्षेत्रका लागि उल्लेखनीय काम नगरेको आरोप आरजुले लगाइन् । कांग्रेसले त्यस क्षेत्रमा एउटा पोलिटेक्निकल कलेज खोल्न खोज्दा कम्युनिष्ट सरकारले कलेज खोल्ने योजना नै खोसेको बताउँदै आरजुले कम्युनिष्टहरुले सत्ता चलाउने मौका पाउँदा एउटा ईट्टा थप्ने कामसमेत नगरेको आरोप लगाइन् ।
अहिले बोल्ने नेता नभै काम गरेर देखाउने नेता जनताले चाहेको बताउँदै आरजुले आफूले हरेक समयमा जनताको सेवा गरको बताईन् ।
सम्भावना धेरै भएकाले काम गर्ने हो भने प्रदेश नम्बर ७ सबैभन्दा धनी प्रदेश बन्न सक्ने उनको भनाई छ । “यहाँभन्दा धेरै सम्भावना कहीँ पनि छैन । पञ्चेश्वर बहुउद्देश्यीय आयोजना लगायतका थुप्रै आयोजना यस प्रदेशमा छन् । जलविद्युत् र सिँचाईको प्रचुर सम्भावना छ ।” आरजुले भनिन् ।
नेपालका महिलाले मौका पायो भने जस्तो सुकै काम पनि गर्न सक्ने आरजुको दाबी छ । पूर्व सभामुख ओनसरी घर्तीको उदाहरण दिदै उनले घर्तीप्रति आफूलाई गर्व लाग्ने बनाइन् ।
“ओनसरी घर्तीलाई म धेरै आदर गर्छु । उहाँ रोल्पामा जन्मेर हाइस्कुल मात्रै पढ्नुभएको महिला । उहाँले सभामुखको भूमिका सफलतापूर्वक निर्वाह गर्नुभयो ।” आरजुले भनिन् ।
आफूलाई जनताले मौका दिएको खण्डमा पुरुषलेभन्दा बढि काम गरेर देखाउने दाबीसमेत गरिन् ।
“म महिला हो । मलाई चान्स दिनुस् । पुरुषलेभन्दा राम्रो काम गरेर देखाउँछु ।”
नेपालका महिलाहरु नेतृत्वमा पुग्न सक्षम रहेको उनको भनाई थियो । “चान्स मात्रै दिनुपर्छ । हाम्रा महिला जति सक्षम अरु छैनन् ।” उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot