Logo

गिलम्यारी रक्सीका मालिक कर्मा घलेलाई सांसद नबनाउन दबाब, दैनिक डेलिगेशन घरमा आएपछि सशांक तनाबमा



काठमाडौं, २६ पुस । नेपाली कांग्रेसको समानुपातिक सूचिमा नाम रहेका गिलम्यारी रक्सीका मालिक कर्मा घलेलाई सांसद नबनाउन भन्दै महामन्त्री डा. सशांक कोइरालालाई नवलपरासीबाट चर्को दबाब दिएका छन् ।

कांग्रेसको समानुपातिकतर्फ जनजातिको २ नम्बरमा कर्माको नाम छ । कर्मालाई सांसद बनाउने वचन महामन्त्री सशांकले दिएका छन्। उनले कर्मालाई सांसद बनाउन आफूले कुनै कसर बाँकी नराख्ने भनेर सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

नवलपरासीका पूराना कांग्रेसी नेताहरुले घलेलाई किन सांसद बनाउने ? भनेर अहिले महामन्त्री कोइरालालाई दबाब दिएका छन् । जिल्लाबाट डेलिगेशन आएर केही नहुने बताउँदै महामन्त्री कोइरालाले भन्ने गरेका छन्,‘म घलेलाई नै सांसद बनाउँछु, म कसैको कुरा सुन्ने पक्षमा छैन, उहाँ योग्य र काबिल मान्छे हो।’

कांग्रेसले पठाउने पुरुषतर्फका १९ जनाको नाममध्ये ६ जना खस आर्य कोटाबाट पठाउनुपर्छ । जसमा बालकृष्ण खाँड, दिलेन्द्रप्रसाद बडु, किशोरसिंह राठैर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी र मोहनप्रसाद पाण्डे पर्नेछन् । आदिवासी जनजाती कोटाबाट बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ र जीपछिरिङ लामा छनौट हुनेछन् ।

कांग्रेसको दलित क्लष्टरबाट मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा र प्रकाश रसाइली गरी तीनजना सांसद बन्ने भएका छन् । त्यस्तै मधेसी कोटाबाट विनोद चौधरी, स्मृतिनारायण चौधरी र नागेन्द्रकुमार राय गरी तीनजना सांसद बन्नेछन् ।कांग्रेसको थारु वा मुस्लिम कोटामध्ये कुनै एउटा क्लस्टरबाट मात्र प्रतिनिधि चयन गर्र्नुपर्ने हुन्छ ।

जसले गर्दा थारु कोटाको पहिलो नम्बरमा रहेका पद्यमनारायण चौधरी वा मुस्लिम समुदायबाट पहिलो नम्बरमा रहेका अतहर कमाल मुसलमानमध्ये एकजना सांसद बन्न पाउनेछन् । पीछडिएको क्षेत्रबाट अछामका रामबहादुर बिष्ट सांसद बन्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot