Logo

गायीका मेलिना राई र पारसमणीको स्वरमा नयाँ गीत



काठमाडौ, १४ माघ । आँखामा–आँखा, ओठमा–ओठ, जीवनको पहिलो मिठो चोट, बहकियो मन आज, नमानी लाज भन्दै सर्वाधिक चर्चित गायिका मेलिना राई र पारसमणी ढुंगानाले नयाँ गीत लिएर आएका छन् । गीतमा शब्द अत्यन्तै कामुकता छ ।

शब्द जति कामुक छन् गायकद्धयको आवाज त्यतिनै कामुक छ । प्रवोध आचार्यको शब्द रहेको गीतमा गायिका मेलिना राई र पारसमणी ढुंगानाले आवाज भरेका हुन् । सरिता प्रजापतिको संगीत रहेको यो गीतमा शब्द, संगीत र स्वर उत्तिकै मिलेको छ । सुजन तामाङ्गको निर्देशन, राहुल राईको छायांकन रहेको यो गीतको म्युजिक भिडियोपनि त्यत्तिकै राम्रो बनेको छ ।

सबै संयोजनमा उत्कृष्ट भएको भन्दै सामाजिक सञ्जालमा प्रस्तुत भएको छोटो समयमा नै यो गीत हिट भइरहेको छ । बाँकी भिडियो



प्रतिक्रिया दिनुहोस्

Screenshot