Logo

प्रधानमन्त्री देउवा र स्वराजवीचको भेटवार्ता सुरु



काठमाडौं, १९ माघ । नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र प्रधानमन्त्री शेरबहादुर देउवावीच भेटवार्ता सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा स्वराज र प्रधानमन्त्री देउवाजीच वान टु वान भेटवार्ता सुरु भएको हो । यसअघि स्वराजले हिजो एमाले अध्यक्ष केपी शर्मा ओली, एमालेकै नेताहरुसँग सामूहिक भेटवार्ता, राजपा नेपालका नेताहरुसँग भेटवार्ता गरेकी थिईन् ।

स्वराजले आज विहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेकी छिन् ।
दुई दिने भ्रमणमा हिजो अपरान्ह काठमाडौं ओर्लिएकी स्वराज आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्

Screenshot