Logo

देउवा र स्वाराजबीच यस्तो कुराकानी भयो



काठमाडौं, १९ माघ । नेपालको दुईदिने उच्चस्तरीय राजनीतिक भ्रमण सम्पन्न गरी भारतीय विदेशमन्त्री सुष्मा स्वराज स्वदेश फर्किएकी छन् ।

बिहीबार अपराह्न काठमाडौं आइपुगेकी विदेशमन्त्री स्वराजले २४ घन्टाको नेपाल बसाइँकाक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा तथा प्रमुख दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरिन् ।

भ्रमणको अन्तिम चरणमा विदेशमन्त्री स्वराजले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरिन् ।प्रधानन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्धकाबारेमा छलफल भएको बताइएको छ ।

भेटमा विदेशमन्त्री स्वराजले निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्री देउवालाई बधाइ दिएकी थिइन् ।भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीटमार्फत् जानकारी गराएका छन् ।

प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईले भेटवार्ता द्विपक्षीय हितका विषयमा केन्द्रित रहेको जानकारी दिए ।प्रधानमन्त्री देउवाले विदेशमन्त्री स्वराजको सम्मानमा शुक्रबार दिवाभोज आयोजना गरेका थिए ।

दिवाभोजमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कृष्ण सिटौला, डा. नारायण खड्का, विमलेन्द्र निधिलगायत सहभागी थिए ।प्रधानमन्त्री देउवासँगको शिष्टाचार भेटअघि विदेशमन्त्री स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा शिष्टाचार भेटवार्ता गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot