Logo

ओली–प्रचण्ड सहअध्यक्ष बन्ने, प्रधानमन्त्रीमा आलोपालो (लिखित सहमति)



काठमाडौं, २ फागुन । नेकपा एमाले र माओवादी केन्दले दुई अध्यक्षबीच पार्टी एकता र सरकार सञ्चालनका सम्बन्धमा मोटामोटी सहमति गरेका छन् ।

आज भएको सहमति अनुसार एकतापछि बन्ने पार्टीमा केपी शर्मा ओली र पुष्पकमल दाहाल सह–अध्यक्ष बन्ने, प्रधानमन्त्रीमा भने आलोपालो गरी चलाउने रहेको छ ।

त्यस्तै नयाँ पार्टीको महाधिवेशन नभएसम्म जनताको बहुदलीय जनवाद र माओवादलाई पार्टीको वैचारिक कार्यदिशा मानेर जाने विषयमा सोमबार ओली र दाहालबीच सहमति भएको उच्च स्रोतको दाबी छ ।

एकता संयोजन समितिको बैठक बस्नु अघि ओली–प्रचण्डवीचको वान टु वान सहमतिअनुसार आज दुबै नेताले पार्टीको बैठकमा ब्रिफिङ गरेका थिए।
त्यस्तै बैठकमा सहभागी एक नेताले पत्रकार ऋषि धमलालाई दिएको अनुसार आज भएको भएको सहमतिलाई आजै लिखित रूप दिन तयारी थालेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot