Logo

राष्ट्रपतिद्धारा प्रधानमन्त्रीको राजिनामा स्विकृत



काठमाडौं, ३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले बुझाएको राजिनामा पत्र स्विकृत गरेकी छिन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री  देउवाले आज पदबाट राजीनामा दिएका थिए ।

राष्ट्रपति कार्यालय शीतल निवास पुगी प्रधानमन्त्री देउवाले राजीनामा दिएको र राष्ट्रपति भण्डारीले कार्यकाल पूरा गरेकामा धन्यवाद दिएको रष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिए ।

निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेश भएपछि नयाँ सरकार गठन प्रक्रिया शुरु भएसँगै प्रधानमन्त्री देउवाले राजीनामा दिएका हुन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot