Logo

कलाकारिता र समाज सेवामा लक्ष्मि हमाल



काठमाडौं, ७ फागुन । कलाकारीताको माध्ययम मार्फत पहिचानको खोजिमा भौतारिरहेका अनेकौ कलाकारहरु मध्यकी एक कलाकार हुन लक्ष्मि हमाल । बाँकेको नेपालगंजमा जन्मिएकी हमालका करिब दुई दर्जन गीतहरु बजारमा छन् । केही गीतमा स्वर दिएकी छन् । केही गीतमा संगीत भरेकी छन् भने केही गीतहरु आफैले लेखेकी छन् ।

सानै उमेर देखी गीत संगीतमा रुचि राख्ने हमालसँग संगीत साधना कला केन्द्रमा तीनवर्ष संगीत क्लास लिएको अनुभव छ । उनको पहिलो संगीत गूरु प्रकाश गुरुङ हुन् । केही समय गूरुकुल संगीत पाठशालामा गूरुदेव कामदसंग पनि संगीत लिएको बताउछन् ।

केही समय पहिले उनले शब्द रचना गरेको ‘सारा खुशी’ नामक गीती एल्वम बजारमा आएको थियो । जुन एल्वममा संगीत संयोजन सञ्जय हमालको रहेको थियो । स्वर हमाल र डा.सुजित कुमारको रहेको छ ।

यसै क्षत्रमा निरन्तर लागिरहने बताउने हमालको ‘मुटुभित्र’ बोलको गीत चलेको गीत हो । गीत संगीतबाट कमाएको पैसा सामाजिक सेवामा खर्चिने बताउछन् । उनले कलाकारिताको क्षेत्रमा लाग्न घरपरिवारबाट राम्रो साथ पाएकी छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot