Logo

तीनकुनेमा भेटिएको शंकास्पद बस्तु सेनाले गर्‍यो डिस्पोज



काठमाडौं, ८  फाल्गुण । काठमाडौंको तीनकुनेमा बेबारिसे भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । तीनकुनेको बाग्मती पुलमा सडक छेउ बेबारिसे कालो व्याग भेटिएपछिसेनाको डिस्पोजल टोली घटनास्थल पुगेको थियो ।

बेबारिसे कालो व्याग भएको स्थानको तल तीनकुने प्रहरी चौकी रहेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आब्हान गरेको नेपाल बन्दका क्रममा तर्साउनका लागि मुलुकका विभिन्न ठाउँमा बम राखिएको छ । सो वस्तु पनि विप्लव नेकपाले राखेको आशङ्का गरिएको छ । उक्त वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।

FILE PHOTO



प्रतिक्रिया दिनुहोस्

Screenshot