Logo

मन्त्रीपरिषद बैठक : मन्त्रालयको संख्या १७ बनाउने, प्रधानमन्त्री ओलीको सल्लाहाकारमा विष्णु रिमाल



फागुन ११, काठमाडौं । सरकारले केन्द्रमा मन्त्रालयहरुको संख्या घटाएर १७ वटामा सीमित गरेको छ । अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित १८ सदस्यीय मन्त्रीमण्डल बन्ने छ ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले यसअघि रहेका ३० वटा मन्त्रालयलाई १७ वटामा झार्ने निर्णय गरेको वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

रिमालले ओलीको अघिल्लो कार्यकालमा पनि राजनीतिक सल्लाकारको भूमिका निर्वाह गरेका थिए ।

रिमाल नेकपा एमालेका पोलिटव्यूरो सदस्य हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot