Logo

पर्वतमा मगर महोत्सव



फलेवास, पर्वत, ११ फागुन । पछिल्लो समय लोप हुँदै जान थालेका मगर समुदायको कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पर्वतमा मगर सांस्कृतिक महोत्सव शुरु भएको छ ।

छत्तीआँै मगर दिवसको अवसरमा जिल्लामा क्रियाशील पुन युवा क्लबले सो महोत्सव आयोजना गरेको हो । पछिल्लो समय लोप हुँदै जान थालेका मगर संस्कृति, सोरठी, सालैजो, यानिमाया, सुनिमाया, ठाडो भाकालगायत मगर वेषभू्षा, मगर समुदायमा प्रचलित खानाका परिकार, पहिरन तथा पोषाकको प्रवद्र्धन र संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । सदरमुकाम कुश्मा बजारमा सञ्चालित उक्त महोत्सव फागुन १५ गतेसम्म चल्नेछ ।

महोत्सवको प्रतिनिधिसभा सदस्य पदम गिरीले उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्दै सांसद गिरीले सबै जातजाती, समुदाय, वर्ग, लिंग र जातजातीका अधिकार सुनिश्चित नभएसम्म देशमा विकासको सपना पूरा नहुने बताउनुभयो । उहाँले मगर समुदायको सामुदायिक भवन निर्माणका लागि पर्यटन मन्त्रालयमार्फत रु २० लाख रकम प्राप्त गर्न सफल भएको बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot