Logo

मोड्लिङमा जमेकी रुबिना श्रेष्ठ



काठमाडौँ, १२ फागुन । रुबिना श्रेष्ठ एक नव मोडेल तथा नृत्याङगना हुन् । उनी आफ्नो अभिनय क्षेत्रमा अगाडी बढ्ने क्रममा छन । उनी काठमाडौँलार्इ कर्मथलो बनाएर बसेकी छिन । सानै देखिको सपना बोकिकी श्रेष्ठ अहिले निकै ब्यस्त छिन यहि क्रममा मोडेल तथा डान्सर रुबिना श्रेठसंग गरिएको कुराकानीको सम्पादित अंशः

निकै हतारमा देखिनु हुञ्छ नि ?

सबै तिर समय दिनु पर्ने धेरै कामको लागि भेटघाट छ तेसैले ।

कति बर्ष पुग्नु भयो अहिले ?

२४ बर्ष भए ।

मोड्लिङ्ग यहाँँको सनैको रुचि हो ?

सानै देखि मलाइ नाच्न अनि अभिनय गर्न मन पर्थ्यो ।

अहिले कतिको काम पाउनु भाको छ ?

काम पाएकी छु अहिले काममा ब्यस्त नै छु ।

हालसम्म कतिवटा गीति भिडियोमा काम पाउनु भयो ?

१० वटा भन्दा बढी गीतहरुमा अभिनय गरेकी छु अझै धेरै गर्न बाकि नै छ ।

ग्ल्यामर इन्डस्ट्रीमा त बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्छन् नि ?

बोलेन भने त काम नै कसले दिन्छ र हैन र बोल्ने ठाउमा त बोल्नु पर्यो नि ।

सुरुमा सुटिङ्गमा जाँदा कस्तो अनुभब भएको थियो ?

तेतिबेला मलाई एकदम डर लाको थियो के गर्ने होला कसो गर्ने होला कसरी हुन्छ एकदम नर्मस भएको थिय पछि गयर जानियो सुटिंगहरु यसरि हुन्छ भनेर ।

डाइरेक्टरबाट आएको सिन सजिलै गर्न मान्नु हुञ्छ या गलत भयो भने इन्कार गर्नु हुञ्छ ?

कथा बस्तु भित्र समेटिएको सिन छ भने गर्नु पनि पर्छ जस्तो लाग्छ मलाई ।

कलाकार एउटा मोडेल वन्न कत्तिको संघर्ष गर्नु भयो ?

उतार चढाप धेरै हुन्छन संघर्ष नगरी अगाडी बढन धेरै गाह्रो हुन्छ ।

भिडियो चल्नुमा कसैको भुमिका हुन्छ कि हुदैँन ?

यो सबै युनिटको हातमा भर पर्छ ।

निर्देसकले अहिले सम्म अफरको लागि बोलाउनु भयो होला नि भेटमा के के भन्नु हुञ्छ ?

केहि पाउन लाइ केहि गुमाउनु पर्छ यो क्षेत्रमा लागन भन्नु हुन्छ ।

यो क्षेत्रमा भविष्य छ ?

कुनै पेसा गर्नु पर्छ जवानी हुदा मात्र हो यो पेसा ।

गल्यामरमा भिज्न चाहनु हुञ्छ कि हुदैन ?

गरिन्छ धेरै ओभर हैन आफुलाई सुहाउने जति ।

शारिरीक सम्बन्ध के हो ?

दुई आत्माको मिलन हो भन्छन ।

अनि अब प्रेममा पर्ने सोच के छ ?

अब सिधै बिहे गर्छु ।

कस्तो गीतमा भिडियो गर्न रुचाउनु हुञ्छ हजुरले ?

डान्स गर्ने गीतहरुमा मलाई भिडियो गर्ने रहर छ ।

भविष्यका योजनाहरु के-के छन ?

एउटा डान्स कल्चर खोलेर बस्ने सोचेको छु ।



प्रतिक्रिया दिनुहोस्

Screenshot