Logo

गायिका तथा मोडल पाठकको नयाँ भिडियो ‘सानीलाई’ सार्वजनिक



फागुन २३, काठमाण्ठौ । गायिका शुशीला पाठकले म्युीजक भिडियोसहित नयाँ गीत सार्वजनीक गरेकी छिन् । कुशल गायिका एवंम् मोडल सुशिला पाठकको आवाजमा ‘सानीलाई’ बोलको गीत सार्वजनिक भएको हो ।

फिल्मी र अन्य गरी ३५ गीतमा स्वर दिइसकेकी पाठककोले पुरा फिचरीङ्ग गरेको भने पहिलो पटक हो । यस अघि उनले तीजको एउटा गीतमा फिचरीङ्ग गरेकी थिइन । पाँच वर्षदेखी निरन्तर गायन क्षेत्रमा रहेको र यस क्षेत्रमा नै आफु सम्ने बताउने पाठक त्कम समयमा नै धेरै श्रोता तथा दर्शक माया पाएको र आफ्नो भिडियो धेरैले हेरेकोमा दङ्ग छिन् ।

यस गीतमा कुमार सिवाकोटीको शब्द, कल्याण सिंहको संगीत र बिशाल पौडेलको अरेन्ज समावेश छन् सुम्निमा, राज अनि मिलनको संयुक्त करियोग्राफीमा तयार भएको यस गीतलाई सचिन थापाले निर्देशन गरेका हुन् ।

अर्जुन सापकोटाले खिचेको यस गीतमा टेकेन्द्र शाहको सम्पादन रहेको छ । माधनी पाठक अनि भुपेन पाठकको लागानीमा बजारमा सार्वजनिक भएको गीतलाई दर्शकले रुचाएका छन् ।

https://www.youtube.com/watch?v=EP55JBXDxGI



प्रतिक्रिया दिनुहोस्

Screenshot