Logo

संघीय सरकार एक्लैले शासन गर्न सक्दैन : सभामुख महरा



वैशाख ३, काठमाण्डौ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संघीय सरकार एक्लैले शासन गर्ने अवस्था नरहेको स्पष्ट पारेका छन् ।

सोमबार काठमाडौंमा आयोजित सूचनाको हक कार्यान्वयनका लागि राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै सभामुख महराले विकास निर्माणको काम गर्ने अधिकार प्रदेश र स्थानीय सरकारलाई भएको भन्दै संघीय सरकारले राज्यलाई आवश्यक नीति निर्माण मात्रै गरे हुने बताए ।
महराले सार्वजनिक निकायलाई सूचना नलुकाउन आग्रहसमेत गरेका छन् ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचनाको हक कार्यान्वयनका लागि सरकारले अथक प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

बदलिँदो राजनीतिक परिवेशमा कर्मचारीतन्त्र अभ्यस्त नहुँदा सूचनाको हक कार्यान्वयनको काममा समस्या देखिएको उनको भनाइ थियो ।

राज्यमन्त्री बाँस्कोटाले सूचनाको हक कार्यान्वयनमा लैजान सरकारले उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot