Logo

दह्रो सरकारले ल्याएको फितलो बजेट : कोइराला



जेठ १६, काठमाण्डौ । पूर्व मुख्यसचिव विमल कोइरालाले आर्थिक वर्ष २०७५–७६ को बजेट परम्परागत शैलीको भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कोइरालाले बजेटमा नविनता नभएको बताए ।

बहुमतप्राप्त सरकारले आर्थिक सुधारका लागि ठोस कार्यक्रमसहितको बजेट ल्याउनुपर्नेमा त्यसो नभएको उनको तर्क छ ।

“जोखिम लिएर भए पनि अर्थतन्त्रलाई अगाडि लैजाने कार्यक्रम हुनुपथ्र्यो । तर त्यो आँट देखिएन । धेरैजसो परम्परागत नै छ । संस्थागत सुधारका कुनै योजना छैनन् ।” उनले भने ।

दह्रो सरकारले ल्याएको फितलो बजेटले निराश बनाएको उनको भनाई छ ।

आर्थिक वृद्धिदरको लक्ष्य ८ प्रतिशत राखिए पनि त्यसको आधार बजेटमा उल्लेख नभएकाले विश्वास गर्न नसकिने कोइरालाले बताए ।

कार्यान्वयनका पक्षमा बजेटले सुधारका कुनै पनि कुरा नगरेको उनको आरोप छ । प्रशासनिक सुधार र आर्थिक सुशासन भएसम्म बजेट कार्यान्वयन नहुने कोइरालाले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot