Logo

राजुकाजीको समर्थन ब्राजिललाई, नेयमार, मेस्सी र रोनाल्डो मनपर्छ



काठमाडौं, ३० जेठ । नेपाली र्राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक राजुकाजी शाक्यले यसपालीको विश्वकप ब्राजिलले जित्ने विश्वास व्यक्त गरेका छन् ।

बुधबार प्राईम टाईम्स टेलिभिजनको चर्चित कार्यक्रम जनता जान्न चाहन्छनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै शाक्यले यस्तो खुलासा गरेका हुन् । आफू बच्चैदेखि ब्राजिलको फ्यान भएकोले यसपालिको वल्र्डकप पनि ब्राजिलले जित्नेमा आशावादी रहेको शाक्यको भनाई थियो ।

उनले भने,”मैले वल्र्डकप हेरेदेखि नै म ब्राजिलको फ्यान हुँ, धरानमा अग्रजहरुसँग मिलेर ब्राजिलको समर्थन गरिँदै आईएको थियो, अहिलेपनि मेरो टिम ब्राजिल हो ।”

यद्धपी उनलाई खेलाडीहरुमा भने मेस्सी, रोनाल्डो र नेयमार मनपर्छ । तीनै जना खेलाडी ग्रास रुटबाट उदय भएकोले आफूलाई औधी मनपर्ने उनको तर्क छ ।

नेपालले पनि विश्वकप यति वर्षसम्ममा खेल्ने तयारीका साथ दिर्घकालिन योजना बनाउनुपर्ने शाक्यको सुझाव छ । सरकारले खेलाडीहरुलाई पर्याप्त ध्यान नदिएको उनको गुनासो छ ।

शाक्य जसले तीन फरक भूमिकामा स्वर्ण पदक जिते

दक्षिण एशियाली खेलकुद (साग) फुटबलमा भारतलाई हराउँदै २३ वर्षपछि स्वर्ण पदक जित्दा नेपाली टोलीका प्रशिक्षक राजुकाजी शाक्य भाग्यमानी प्रशिक्षक सावित भएका थिए । नेपाली टोलीले २३ वर्षपछि साग फुटबलमा स्वर्ण पदक जित्दा टोलीका प्रशिक्षक राजुकाजी भने  तीन फरक भूमिकामा फुटबलमा नेपाललाई स्वर्ण पदक जिताउने पहिलो व्यक्ति हुन ।

सन् १९८४ बाट सुरु भएको साग खेलकुदमा नेपालले पहिलो संस्करणमा फुटबलमा पहिलो पटक स्वर्ण जित्दा अहिलेका नेपाली फुटबल टोलीका प्रशिक्षक राजुकाजी शाक्य खेलाडीको भूमिकामा मात्रै थिए।

तर पछि  सन् १९९३ मा बंगलादेशको ढाकामा भएको साग (तत्कालीन दक्षिण एसियाली महासंघीय खेलकुद) प्रतियोगितामा भने शाक्य नेपाली फु६टबल टोलीका कप्तान भए र उनकै कप्तानीमा नेपाल मैदान उत्रिएको थियो।

जुन खेलमा शाक्यकै कप्तानीमा नेपालले स्वर्ण पदक हात पार्न सफल भएको थियो। त्यसपछि अन्तर्राष्ट्रिय फुटबलको उपाधि जित्न नसकेको नेपाली टोलीले  गत माघमा भएको बंगबन्धु गोल्डकप फुटबलको उपाधि जितेर अन्तर्राष्ट्रिय उपाधिको खडेरी तोडेको थियो।

तर साग खेलकुदमा नेपालले सन् १९९३ यता कुनै उपाधि जित्न सकेको थिएन। तर १२ औँ साग पुरुष यु-२३ फुटबलमा चिरप्रतिद्वन्द्वी भारतलार्इ उसकै घरेलु मैदान गुवाहाटीस्थित इन्दिरा गान्धी रंगाशालामा २-१ गोल अन्तरले पराजित गर्दै स्वर्ण पदक हात पार्यो।

नेपालले स्वर्ण पदक हात पार्दा दुई पटक नेपाललार्इ यसअघि दुर्इ फरक भूमिकामा (खेलाडी र पछि कप्तान) स्वर्ण पदक जिताइसकेका उनै राजुकाजी शाक्यले प्रशिक्षकको भूमिकामा रहेर नेपाललाई तीन फरक भूमिकामा स्वर्ण पदक हात पार्न सफल भए।



प्रतिक्रिया दिनुहोस्

Screenshot