Logo

कांग्रेसको विज्ञप्ति : केपी ओलीज्यू, दम्भयुक्त अभिव्यक्ति होइन समाधान खोज्नुस



साउन ७, काठमाण्डौ । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हलुका र दम्भयुक्त अभिव्यक्ति नदिन सचेत गराएको छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति दम्भयुक्त भन्दै कांग्रेसले त्यस्तो नगर्न सचेत गराएको हो । प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा कांग्रेस हलुका र दम्भयुक्त शब्द लफ्फाजी भन्दा माथि उठेर तत्कालै समाधानमा पुग्न प्रधानमन्त्री र सिंगो सत्तापक्षलाई फेरि पनि सचेत गराइएको छ ।

सम्बन्धित समाचार :

डा. केसी आफैँ अनशन बस्नुभएको छ वा अरु कोही छन् ? जवाफ चाहियो

केसीको अनशनले रेकर्ड तोड्यो, स्वास्थ्य अवस्था जटिल, वार्ता अनिश्चित

गोविन्द केसीको विषयमा सत्तारुढ दल नेकपामा दुई कित्तामा, नारायणकाजीले भेटे केसीलाई

बंगलादेशमा मेडिकल पढ्ने नेपाली छात्राहरुले शरीर बेच्नुपर्छ भनेपछि तामाङको मन्त्री पद धरापमा

गोविन्द केसी सिजनल अनशनकारी हो, माग पूरा गर्न संसद भंग गर्नुपर्छ : गोकुल बास्कोटा

‘संसदमा पुगेको चिकित्सा शिक्षा विधेयक कुनै पनि हालतमा फिर्ता हुँदैन’

ओली सरकारको दिनगन्ती सुरु भइसक्यो, कांग्रेसले गोल हानेरै छाड्छ

डा. केसीको न्यायोचित मागका पक्षमा उभिनुलाई त्यान्द्रो समाएर राजनीति गरेको भन्नु र राजनीतिक आग्रह राखेर डा. केसीलाई हेर्नु प्रधानमन्त्री पदको उचाई अनुरुपको स्वभनीय अभिव्यक्ति नभएको कांग्रेसको ठहर छ । शेरबहादुर देउवाको नेतृत्वको सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेशमा केसीले उठाएको माग संबोधन भएको भन्दै कांग्रेसले अहिले सरकारले नै समस्या सिर्जना गरेको बताएको छ ।

सोमबार काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले कांग्रेसले गोविन्द केसीको मुद्दालाई साथ दिएकोमा आलोचना गर्दै त्यान्द्रो समाएर राजनीति गरेको टिप्पणी गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot