Logo

भ्रष्टाचारमुक्त समाज निर्माणमा लाग्न नेता नेपालको आग्रह



रौतहट, ४ भदौ । पूर्व–प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश नं २ लाई भ्रष्टाचारमुक्त समाज बनाउन कुनै कसर बाँकी नराख्ने बताए ।

उनले आइतबार गृहजिल्ला रौतहटको राजदेवी नगरपालिका-७ अवस्थित सामुदायिक भवनको उद्घाटन गर्नुहुँदै भ्रष्टाचारमुक्त समाज निर्माणमा सबैको सहयोगको अपिल गरे ।

वरिष्ठ नेता नेपालले प्रदेश नं २ कै नमुनाको रुपमा रहेको गौर नगरपालिकास्थित गौर राइसमिलको सार्वजनिक छ बिगाहा जग्गा मधेशवादी दलका केही नेताहरुले बिक्री वितरण गरेकामा आपत्ति जनाउँदै उनीहरुमाथि कानूनी कारवाहीे हुने चेतावनी दिए । सरकारले भ्रष्टाचारीलाई कारवाही गर्न कडा कदम चालिरहेको उहाँले बताए ।

यसैबीच नेकपाद्वारा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपामा प्रवेश गरेका मधेशी जनअधिकार फोरम नेपालका केन्द्रीय सदस्य रामकिशोर महतोसहित सयौँ कार्यकर्तालाई स्वागत गरेका छन् ।

नेकपाका नेता सत्यनारायण भगतको सभापतित्व सम्पन्न कार्यक्रममा सांसदहरु प्रभु साह, नागेन्द्र चौधरी, कल्याणी खडका, डा.बंशीधर मिश्र, लालबाबु यादव, रेखा झा, सरला यादव पनि सहभागी भएकी थिईन । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot