Logo

पर्यटनमन्त्री अधिकारीको भिसा कसले च्यात्यो !



काठमाडौं १८ कार्तिक । काठमाडौं । बेलायत जाने तयारीमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको बेलायती भिसा च्यातिएको अवस्थामा भेटिएको छ । आगामी सोमबारदेखि बेलायतको लन्डनमा हुने ‘विश्व पर्यटन मेला’ मा सहभागी हुन त्यहाँ जान लागेका मन्त्री अधिकारीको भिसा लागेको राहदानीको पानासहित च्यातिएको अवस्थामा भेटिएको हो । जसका कारण अब उनको पूर्वनिर्धारित समयमा लन्डन पुग्ने कार्यक्रम नै अन्योलमा परेको छ ।

भिसा लागिसकेको उनको राहदानीको पानासमेत च्यातिएको अवस्थामा भेटिनुमा अहिलेसम्म बेलायती दूतावास र काठमाडौंको राहदानी संकलक केन्द्र भीएचएफमध्ये कसको लापर्बाहीका कारण भिसा रद्द भएको हो भन्नेबारे आधिकारिक जानकारी बाहिर आएको छैन ।

शुक्रबार दिउँसो मन्त्री अधिकारीको भिसा संकलन गर्न काठमाडौंस्थित भीएचएफ कार्यालय पुगेका मन्त्रालयका कर्मचारीलाई सो केन्द्रले च्यातिएको र रातो मसीले क्रस गरेर भिसा थमाएपछि उनको बेलायत भ्रमण नै प्रभावित हुन पुगेको हो । –राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot