Logo

छठपछि संघीय सरकार बदलिने



काठमाडौं १९ कार्तिक । प्रदेश २ का एक प्रभावशाली मन्त्रीले छठपछि संघीय सरकार बदलिने दाबी गरेका छन् । राजपाका महामन्त्रीसमेत रहेका भौतिक विकास मन्त्री जितेन्द्र सोनलले यस्तो दाबी गरेका हुन् ।

बिश्रामपुर गाउँपालिकास्थित २ करोडको लागतमा गाडिने स्टेट बोरिङको जग्गा अनुगमनको सिलसिलामा आइतबार यहाँ आएका मन्त्री सोनलले एकाएक आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा यस्तो दाबी गरे ।

‘हाम्रो २ नम्बर प्रदेश सरकार ढल्दैन, बरु केन्द्र सरकार छठपछि ढल्छ,’ उनले भने, ‘माधव नेपाल ज्यूको पार्टीमा आफैं खैलाबैला छ । ३ नम्बर प्रदेशमा हेर्नुस्, एउटा मन्त्री बर्खास्त गरिएको छ । एउटा मन्त्रीले अर्कोलाई मान्ने स्थिती छैन् ।’

काठमाडौंको सरकारको आफैं दिनगन्ती सुरु भएको उनले दाबी गरे । त्यस गाउँमा सोनल आएको अघिल्लो दिन नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले छठपछि प्रदेश २ को सरकार बदलिने बताएका थिए । शुभकामना आदान प्रदान सभालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका थिए । त्यसै अभिव्यक्तिको प्रतिवाद गर्न मन्त्री सोनलले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गराएर संघीय सरकार छठपछि ढल्ने बताएका हुन् । ‘एक वटा होइन, ५ वटा छठ वितेपनि हाम्रो सरकार नढल्ने उनले दाबी गरे । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot