Logo

बैंककमा परिकल्पना राईलाई ‘वेष्ट पर्फमेन्स’ अवार्ड



काठमाडौं, ३ मंसिर । विवाहित महिलाहरुमा केन्द्रित अन्तर्रा्ष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘क्लासिक एण्ड मिसेस् एशिया इन्टरनेसनल २०१८’ मा नेपालको तर्फबाट प्रतिनिधित्व गरेकी परिकल्पना राईले प्रतियोगितामा वेष्ट पर्फमेन्स अवार्ड जित्न सफल भएकी छिन् ।

४० वर्ष भन्दा मुनि र ४० वर्ष भन्दा माथिको विवाहित महिलाहरुको दुई उमेर समूहमा सहभागिहरुको प्रतिस्पर्धा भएको उक्त प्रतियोगितामा परिकल्पना समग्र सहभागिहरुमा वेष्ट पर्फमेन्स विजेता छनौट भएकी हुन् ।

प्रतियोगिता अन्तर्गत ४० वर्ष माथिको विवाहित महिलाहरुको उमेर समूहको विधा ‘क्लासिक मिसेस् एशिया इन्टरनेसनल’ मा परिकल्पनाले नेपालको तर्फबाट प्रतिस्पर्धा गरेकी हुन् ।

नयाँ बानेश्वर निवासी ४४ वर्षिया परिकल्पना राईले स्नातोत्तरको पढाई पूरा गरेकी छिन् भने उनी दश वर्षसम्म एम्बेसी अफ डेनमार्कमा भिसा एण्ड कन्सुर अफिसरको रुपमा कार्यरत थिइन् ।

परिकल्पनाको सो प्रतियोगितामा नेपालको तर्फबाट सहभागिताको संयोजन र व्यवस्थापन नेपालका लागि आधिकारिक संस्था ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जि.ईंं.ई.ले गरेको छ भने अन्तर्रा्ष्ट्रिय प्रतियोगितासम्बन्धी ग्रुमिङ र प्रशिक्षण कोरियोग्राफर रोजिन शाक्यले गरेका हुन् ।

सन् २०१२ बाट आरम्भ भएको क्लासिक एण्ड मिसेस् एशिया प्यासिफिक इन्टरनेसनल प्रतियोगिताको २०१८ को संस्करणको फाइनल प्रतिस्पर्धा गत नोभेम्बर १४ मा थाइल्याण्डको रायोङस्थित स्टार कन्फेन्सन हलमा सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot