Logo

जनयुद्धपछिको शान्ति प्रक्रियामा प्रचण्ड नायक कि खलनायक ?



काठमाण्डौ । नेपाली राजनीतिका समकालिन नेतामध्ये पुष्पकमल दाहालको नाम नीकै चर्चित छ । १० वर्षे जनयुद्ध गरेर देशलाई संघीय राज्य प्रणालीमा रुपान्तरण गर्न उनको योगदान नेतृत्वदायी रहयो । माओवादी जनयुद्धकै कारण मुलुकमा राजतन्त्रको समुल अन्त्य, गणतन्त्रको स्थापना र संविधानसभा माफर्त संविधान निमार्णमा उनले खेलेको भुमिका ऐतिहासिक छ ।

हतियार उठाएर विद्रोहमा उत्रीएको तत्कालिन माओवादीलाई शान्ति प्रकृया मार्फत मुल धारको राजनीतिमा स्थापित गदै सत्ता संचालनमा सहभागि हुनुले पुष्पकमल दाहालको व्यतिmत्व अझ उच्च बनाएको छ । प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा नेपाली राजनीतिको मियो को रुपमा स्थापित दाहालले तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र विच पार्टी एकिकरण गर्न खेलेको भुमिकाले पहिलो प्रधानमन्त्री कालपछि गिदै गएको उनको साख ह्वात्तै बढायो ।

२०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला र दाहालविच भएको हस्ताक्षर गर्ने मध्येका एक उनी अहिले सत्तारुढ दलका अध्यक्ष छन् । मुलुकमा राजतन्त्रको समुल अन्त्य, गणतन्त्रको स्थापना, संविधान सभा माफर्त संविधान निमार्ण र संघीय संरचनाको ब्यावहारिक अभ्यास शुरु गराउनमा उनको भुमिका नेतृत्वदायी छ । माओवादी जनयुद्धदेखि नै प्रचण्डसँग निकट रहेर काम गरेका नेकपा का स्थाई समिति सदस्य हरिवोल गजुरेल मुलुकलाई शान्ति प्रकृयामा ल्याउन प्रचण्डको भुमिका ऐतिहासिक रहेको स्मरण गर्छन् ।

द्धन्द्धको अवशेषलाई निराकरण गर्न, हतियार ब्यावस्थापन गर्न तथा सेना समायोजन र लडाकु ब्यावस्थापनलगाएत जटिल प्रकृयालाई पुर्ण विराम लगाउन उनको भुमिका प्रभावकारी रहेको छ ।

यद्यपी हजारौको रगत, आसु र पीडाको जगमा बनेको संविधानको कार्यान्वयन गर्दै मुलुकलाई समृद्धीको बाटोमा अग्रसर गराउन उनको भुमिका अझ महत्व पुर्ण हुने छ । जसका कारण नेपाली राजनीतिमा उनको भुमिका सदा आवश्यक महशुस होस् । उनै दाहालले शान्ति प्रक्रियाका बाँकी कामहरु आउँदो जेठ र असार भित्रमा सबै टुंगो लाग्ने बताएका छन् ।

१० वर्ष जनयुद्ध गर्दा नेकपा माओवादीको नेतृत्व गरेका दाहाल २०६३ सालमा युद्ध त्यागेर शान्ति प्रक्रियामा आएका थिए । शान्ति सम्झौतामा अएपछि उनैको अवधारणाअनुसार देशमा राजनीतिक परिवर्तन भयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot