Logo

भरतपुरलाई अर्गानिक कृषि हब बनाईने, एनआरएनए पूर्व अध्यक्ष हिराचन र मेयर दाहालबीच छलफल



काठमाडौं, ११ मंसिर । भरतपुर महानगरपालिका क्षेत्रलाई कृषि, फलफूल, तरकारी र हर्बलको अर्गा्निक खेती सुरु गर्ने विषयमा भरतपुर महानगरपालिकी मेयर रेणु दाहाल र गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष देवमान हिराचनबीच आज छलफल भएको छ । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको पहलमा उक्त छलफल भएको हो ।

भरतपुर महानगपालिका प्रमुख दाहाल र एनआरएनएका पूर्वअध्यक्ष हिराचनबीच सो विषयमा आज छलफल भएको हो । छलफलमा एनआरएनएका पूर्वअध्यक्ष हिराचनले आफूले जापानमा सिकेको ज्ञान, सीप र प्रविधिलाई उपयोग गरी नेपालमा अर्गा्निक फार्मिङ्गमार्फत फलफूल, तरकारी र हर्बलको उत्पादन गर्न चाहेको धारणा राखेका थिए ।

पत्रकार धमलाका अनुसार हिराचनले भरतपुर महानगरपालिकालाई आवश्यक जमिनको प्रबन्ध मिलाइदिन आग्रह गर्दै जतिसुकै लगानी गर्न आफू तयार भएको स्पष्ट पारेका थिए । हिराचनले विश्व बजारमा अर्गा्निक उत्पादनको ठूलो माग रहेको सुनाउँदै भरतपुरले अब अर्गानिक उत्पादनको निर्यात गर्नुपर्ने पनि बताएका थिए ।

छलफलमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा हिराचनलाई कृषि क्षेत्रमा लगानी गर्न स्वागत गर्दै भरतपुर महानगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएकी थिईन् ।

प्रमुख दाहालले भरतपुर महानगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखी नीति नियमहरु निर्माण गरी रहेको बताउँदै भरतपुर महागनरपालिका लगानीमैत्री महानगर निर्माण गर्न आफ्नो ध्यान केन्द्रित रहेको विश्वास दिलाईन् । उनले विषादिरहित उत्पादनमा प्रेरित गर्न महानगरपालिकाले किसानहरुलाई राहत, अनुदान र तालिमको व्यवस्था गरिरहेको पनि स्पष्ट पारेकी थिईन् ।

त्यस्तै पत्रकार धमलाले भरतपुरलाई कृषिको अर्गानिक हब बनाउन अब ढिला गर्न नहुने धारणा राखेका थिए । उनले भरतपुर देशकै राजनीतिक र भौगोलिक दुबैको केन्द्र बनाउन महागर प्रमुख दाहाललाई सबैको साथ, सहयोग र समर्थन रहनुपर्ने बताएका छन् ।

धमलाले बिगतको तुलनामा भरतपुरको मुहार फेरिदै गएको यस पटकको भरतपुर आगमनमा आफूले महसुस गरेको बताउँदै सिटी हल, अन्तर्रा्ष्ट्रिय स्तरको क्रिकेट रंगशाला, रिङरोड, लिङ्करोड, पार्किङ व्यवस्थापन भरतपुरका दुरगामी महत्व राख्ने योजनाको रुपमा आफूले महसुस गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot