Logo

स्पेनिस ला लिगा : बार्सिलोनाद्धारा सेल्टा भिगो पराजित



काठमाडौं, ८ पुस । सेल्टा डी भिगोलाई हराउँदै साबिक विजेता बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा कायमै रहेको छ। लिग अन्तर्गत शनिबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले घरेलु मैदानमा क्याटलान क्लब सेल्टा डी भिगोलाई २–० ले हराएको हो।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेसी र उसमान डेम्बेले एक एक गोल गरे। खेलको १० औं मिनेटमा डेम्बेलेको गोलबाट सुरूवाती अग्रता लिएको बार्सिलोनाले ४५ औं मिनेटमा कप्तान मेसीको गोलबाट अग्रता दोब्बर पार्‍यो।

पहिलो हाफमै २-० ले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा गोल गर्न सकेन। दोस्रो हाफमा दुवै तर्फबाट गोल नभएपछि बार्सिलोनाको २–० को जित निश्चित गर्‍यो।

यो गोलसँगै मेसीले जारी लिगमा १७ खेलबाट १५ गोल गरिसकेका छन् भने १० गोलका लागि सहयोग गरेका छन्। जितपछि बार्सिलोना १७ खेलबाट ३७ अंक जोड्दै लिगको शीर्षस्थानमा रहेको छ। एट्लेटिको मड्रिडको समान खेलबाटै ३४ अंक छ।

शनिबार राति नै भएको खेलमा एथ्लेटिको मड्रिडले स्पानियोललाई १–० ले हराएको थियो। एक खेल कम खेलेको सेभिल्ला ३१ अंकसहित तेस्रो स्थानमा झरेको छ। एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्

Screenshot