Logo

म्यानपावर कम्पनीको धरौटी २ करोड पुर्‍याइँदै



काठमाडौं ९ पुस । वैदेशिक रोजगारीमा जाने कामदारले बुझाएको रकम सुरक्षित गर्न सरकारले म्यानपावर कम्पनीको धरौटी रकम बढाउने भएको छ ।

संसदमा आइतबार दर्ता गरिएको केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक अनुसार वार्षिक ५ हजारसम्म कामदार पठाउने संस्थाले धरौटीबापत एक करोड रुपैयाँ नगद र दुई करोड रुपैयाँको बैंक ग्यारेन्टी बुझाउनुपर्ने छ ।

त्यस्तै ५ हजारभन्दा बढी कामदार पठाउने संस्थाले धरौटीबापत २ करोड रुपैयाँ र चार करोड रुपैयाँ बैंक ग्यारेन्टी बुझाउनुपर्ने छ । –कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot