Logo

नेपाल मेडिसिटी अस्पताल र मानुसी प्रा.ली.बीच सम्झौता



काठमाडौं, १२ पुस । नेपाल मेडीसिटी अस्पताल र मानुसी प्रा.ली.बीच सम्झौता भएको छ । बिहीबार ललितपुरको नख्खुस्थित् मानुसी प्रा.लीको कार्यालयमा अस्पतालका महाप्रबन्धक विजय रिमाल र मानुसीकी अध्यक्ष पद्माशना शाक्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

महिला उद्यमशीलताको क्षेत्रमा काम गर्दै आएको संस्था मानुसीका कर्मचारी तथा सदस्यका लागी सम्झौतापश्चात् नेपाल मेडीसिटीमा उपचार गराउँदा विशेष सहुलियत प्रदान गरिने भएको छ ।

अस्पतालका महाप्रबन्धक रिमालले महिला स्वास्थ्यका थुप्रै कार्यक्रम नेपाल मेडीसिटीमा उपलब्ध भएकाले महिलामैत्री संस्थालाई साथ दिन अस्पताल तयार रहेको विश्वास दिलाए ।

त्यस्तै, उक्त संस्थाकी अध्यक्ष शाक्यले महिलाहरु सक्षम बन्नका लागि स्वास्थ्य अवस्था पनि बलियो हुन आवश्यक रहेको धारणा राख्दै मेडीसिटी अस्पतालसंगको सम्झौताले आफ्ना सदस्य तथा कर्मचारीको मनोबल बढाउन सहयोग पुग्ने बताईन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot