Logo

मेलबर्न स्टार्स बिग ब्याश लिगको सेमिफाइनलमा



काठमाडौँ,२७ माघ । नेपाली खेलाडी सन्दीप लामिछाने सहभागि टोली मेलबर्न स्टार्स अस्ट्रेलियाको व्यावसायिक क्रिकेट प्रतियोगिता बिग ब्याश लिगको सेमिफाइनलमा पुगेको छ।उत्कृष्ट चारमा पुग्नका लागि अनिवार्य जित आवश्यक परेको खेलमा टोलीले सीड्नी सिक्सर्सलाई ९४ रनले पराजित गरेको हो।

मेलबर्न स्टार्सले बनाएको १६८ रनलाई पार गर्न आएको सिड्नी सिक्सर्स ७४ रनमा नै अलआउट हुन पुगेको थियो।टोलीको जितमा लामिछानेको प्रदर्शन प्रभावशाली रह्यो।पछिल्लो क्रमका खेलाडीहरुलाई उनको घुमाउरो बलको शिकार भएका थिए।३।४ ओभर बलिङ गरेका उनले ११ रन दिएर तीन विकेट लिए।

आठौं ओभरमा बलिङ गर्न आएका उनले आफ्नो पहिलो ओभरको पाँचौ बलमा टोम कुरेनलाई एलबीडब्लुको धरापमा पारेका थिए।त्यसपछि १२ औं ओभरमा बेन ड्वारसुइसलाई कप्तान म्याक्सवेलबाट क्याच आउट गराएका थिए।उनले तेस्रो विकेट लिएसँगै विपक्षी टीमको सबै विकेट पतन भएको थियो।यसअघि उनको टोली मेलवर्न स्टार्सले टस जितेर पहिलो ब्याटिङ पाएपछि पुरा ओभर खेलेर १६८ रन जोडेको थियो।

टोलीको प्रदर्शन कप्तान ग्लेन म्याक्सवेलको वरिपरि घुमेको थियो। उनले ४३ बल खेलेर ८२ रन जोडेपछि टोली चुनौतीपूर्ण स्कोर बनाउन सफल भएको हो। जसमा उनले ६ छक्का र चार चौका प्रहार गरेका थिए।कप्तानलाई साथ दिने क्रममा पिटर ह्यान्ड्सकमले ३५ रन जोडे। यसअघि ओपनर मार्कुस स्टोइनिसले ३४ रन जोडेका थिए।

बीबीसी



प्रतिक्रिया दिनुहोस्