Logo

कांग्रेस यता न उता



माघ २८, काठमाण्डौ । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसको केन्द्रिय समितीमा अहिले नेताहरुविच तिव्र मतभेद देखिएको छ । स्वत प्रतिनिधि बन्ने प्रावधान राख्ने वा वडातहबाटै केन्द्रिय नेताहरु निर्वाचित भएर आउने भन्नेमा केन्द्रिय नेताहरुविच मत बाझिएपछि कांग्रेसभित्र अहिले थप अन्योल बढेको छ ।
महासमिती बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले यी दुवै माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए । भने महासमिति बैठकले परिमार्जनसहित विधान जारी गर्ने गरी केन्द्रीय कार्यसमितिलाई अधिकार दियो ।

तर यही विषयमा नेतृत्त्व आफ्नो प्रतिवद्धताबाट पछि हट्न खोजेको भन्दै जारी केन्द्रीय समिति बैठकमा नेताहरुविच तिव्र मतभेद देखिएको हो । अहिले यही विवादका कारण जारी केन्द्रिय समिती बैठक थप अन्योलमा परेको छ । नेताहरु अहिले यो विषय नै नभएको भन्दै केन्द्रिय समितीको बैठक यसरी फस्नुमा नेतृत्वको कमजोरी भएको बताउन थालेका छन ।

४ पटक सम्म बैठक बसीसक्दा समेत पार्टी नेतृत्व निर्णयमा पुग्न सकेको छैन । अहिले पनि नेताहरु उही आ आफ्नो धारण राख्ने बाहेको केही प्रगती भएको छैन । कतिपय केन्द्रीय सदस्यलाई तलबाटै चुनाव हारिने हो कि भन्ने डरले पनि सभापति देउवालाई भेटेर आफूहरूको राजनीति सिध्याउनकै लागि यस्तो दबाब आएको भन्दै उक्त प्रावधान नहटाउन दवाव दिदै आएका छन ।

सभापति देउवा पनि आगामी १४ औं महाधिवेशनमा आफु के कसरी बलियो हुने भन्ने दाउमा छन । तर पार्टीका धेरै नेताहरु पार्टाीको केन्द्रिय सदस्य वडा तहबाटै निर्वाचन लडेर आउदां नेता र कार्यकर्ताविचको सम्बन्ध सुमधुर रहने र पार्टी पनि मजबुद हुने पक्षमा देखिएका छन ।

८५ सदस्यीय कार्यसमितिमा बहुमत सदस्य स्वत प्रतिनिधिको प्रावधान हटाएर निर्वाचनको पक्षमा उभिएका छन ।भने केहीले निर्वाचनले पार्टी र नेताहरुलाई कमजोर बनाउने भन्दै प्रवधान हटाउन नहुने पक्षमा छन ।

तर विधान संशोधनका लागि सुझाव संकलन गर्ने बेलामै ७७ जिल्ला र सातै प्रदेशबाट स्वत प्रतिनिधिको प्रावधान हटाउन सुझाव आएको थियो । भने यो प्रावधान हटाउन र समानुपातिक तथा समावेशी सिट दोर्होयाउन नहुने व्यवस्था विधानमा राख्न ५० भन्दा बढी जिल्ला सभापतिहरुले हस्ताक्षर समेत बुझाएका थिए ।



प्रतिक्रिया दिनुहोस्