Logo

न्यायाधीशकै सहमतिमा पाँच लाख घुस !



काठमाडौं : जिल्ला अदालत काठमाडौंका न्यायाधीश बाबुकाजी बानियाँको सहमति र सल्लाहमा नायब सुब्बा भोलानाथ चालिसेले पाँच लाख घुस लिएको खुलासा गरेका छन्। विचराधिन हरेको सवारी ज्यान मुद्दामा प्रतिवादीलाई कम सजाय गरी दिने भनी न्यायाधीस बानियाँको सल्लाह र सहमतिमा नासु चालिसेले घुस लिएको लिएको खुलेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिने क्रममा नासु चालिसेले आफूले न्यायाधीस बानियाँसँगको मिलोमतो नै रकम लिएको बताएका छन्।

नासु चालिसेको बयानको आधारमा घुसकाण्डमा मुछिएका न्यायाधीश बानियाँलाई अनुसन्धान गर्न अख्तियारले न्यायपरिषदमा लेखि पठाएको जनाएको  अख्तियारका प्रवक्ता एवं सहसचिव रामेश्वर दंगालले जानकारी दिए।

सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ परेका नासु चालिसेविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot