Logo

एक वर्षमा प्रदेश ३ को प्रगति कि दुर्गति ?



फागुन ३, काठमाण्डौ । तीन नम्बर प्रदेश सरकारको एक बर्ष पुगि सक्दा समेत प्रदेश सरकारले अपेक्षा अनुसारको बिकाश हुन सकेको छैन । बिकाश निर्माणको सबालमा विभिन्न योजनाहरू अगाडि बढाउने नीति तथा कार्यक्रममा समाबेश गरेको भएपनि धेरै योजनाहरू अगाडी बढ्न नसक्को जनताले गुनासो गरेका छन ।

तीन नम्बर प्रदेश सरकारले कुलेखानीसम्मको सुरुङ मार्ग निर्माण, हेटौंडा अस्पताललाई स्तरवृद्धि गर्ने काम, दाईजोरहित विवाहजस्ता योजनालाई महत्वपूर्ण योजनाहरुको रुपमा समेटेको भए पनि कार्यनयन चरणमा अन्योलता बढेको छ ।

सुशासन कायम गर्न र भ्रष्टाचारमुक्त समाज निर्माण गर्न कठोर नीति ल्याइने बताएको सरकाले हाल समम आई पुग्दा समेत प्रदेशको नाम र राजधानीको बिषयमा केही सोच्न सकेको छैन । मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रम सञ्चालन मार्फत लोकमार्गदेखि स्थानीय तहको मुकामसम्मका सडकलाई स्तरोन्नती गर्दै आउने पाँच वर्ष्भित्र कालोपत्रे गरिने योजना रहेको बताएको भए पनि योजना कसरी अगाडि बढ्यो भनने बिषयमा जनताहरूले थाहा पाउन सकेका छैन्न ।

शिक्षामा गुणस्तर र पहुँचमा समानता स्थापित गरी विभेदकारी शिक्षाको अन्त्य गर्न शैक्षिक गुणस्तर सुदृढिकरण कार्यक्रम सञ्चालन भई रहेको प्रति भने सर्बसाधारण खुशीनै देखिएका छन । प्रदेशको समृृद्धिको लागि औद्योगिकीकरण, व्यवसाय प्रर्वद्धन लगायतका क्षेत्रका लागि आवश्यक सीप तथा प्रविधियुक्त जनशक्ति उत्पादन गर्न बहुप्राविधिक महाविद्यालयको स्थापना गरिने, युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न युवा वैज्ञानिक प्रोत्साहन कोष, प्रादेशिक वैज्ञानिक आविस्कार केन्द्र स्थापना गरिने कार्यक्रम घोषणा भए पनि त्यो कार्यक्रम कुन स्थान र कुन कुन जिल्लामा लागू भयो भन्न बिषय अन्योलमा परेको चितवनका स्थानीय बिदुरराज पौडेलले बताए ।

बिक्रम सम्बत २०८५ वैशाख १ गतेदेखि काठमाडौं उपत्यकासहित चितवन, हेटौंडा, बनेपा, धुलिखेल र पनौतीमा पेट्रोलियम पदार्थमा आधारित सवारी साधनमा पूर्ण प्रतिबन्ध लगाइने घोषणा गरेको सरकारले अभ्यासको स्वरूपमा बिधुत्तीय बसको अभ्यास गरे पनि कार्यनयन तहमा समस्या परेको छ । नेपाली काङ्ग्रेसका नेता रूपनराज घिमिरेले यो बिषयमा अभ्यासै नगरि विभिन्न कार्यक्रम कार्यनयन चरणमा समस्या हुने भन्दै घोषणा पुर्ब सफल भईने नभईने बिषयमा जानकार हुन आबश्यक रहेको बताउछन् ।

सरुवा रोग एवं महमारी रोकथामको लागी प्रत्येक स्थानीय तहमा १५ देखि ५० शैयाको अस्पताल, प्रादेशिक निर्वाचन क्षेत्रमा आयुर्वेद, प्राकृतिक चिकित्सा लगायत अन्य पुरक चिकित्सा र प्रचलित परम्परागत उपचार सेवालाई विस्तार गरिने बताएको प्रदेश सरकारले रामे काम गरेको चितवनका स्थानीय चेपाङ गणेशमान प्रजाले बताए ।

अन्य कार्यक्रमहरू निम्न छन जुन कार्यक्रम नीति तथा कार्यक्रममा घोषणा भई सकेका हुन । सफा नदी, सभ्य शहर कार्यक्रम अन्तरगत प्रदेशभित्रका प्रमुख तथा सहायक नदी प्रणाली, नदी वेसिन क्षेत्रमा नदीको वास्तविक क्षेत्र र वहाव क्षेत्र निर्धारण र संरक्षण, नदी क्षेत्रको एकिकृत उपयोग सहित पर्यावरण संरक्षणका लागि रिभरफ्रन्ट परियोजना विकास र कार्यान्वयन गरिनेछ । आउँदो तीन वर्षभित्र प्रदेशलाई प्लाष्टिक झोलामुक्त बनाइनेछ । काठमाडौ उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा विद्युतीय साधन प्रयोगलाई प्रोत्साहन गरिने जनाइएको छ ।

आउँदो तीन वर्षभित्र यस प्रदेशका सम्पूर्ण क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सम्पन्न गरिने सरकारको तयारी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot