Logo

ला लिगामा जिरोनासँग रियाल मड्रिड पराजित



काठमाडौं, ६ फागुन । स्पेनिस लिग फुटबलमा रियाल मड्रिड पराजित भएको छ । गएराति भएको खेलमा रियाल मड्रिडलाई तालिकाको १५ औं स्थानमा रहेको जिरोनाले २–१ ले हरायो ।

रियाल मड्रिडको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि क्यासेमिरोले पहिलो गोल गरे । तर जिरोनाका क्रिस्चियन स्टुवानी र पोर्टुले एक एक गोल फर्काउँदै पाहुना टोलीलाई विजयी गराए ।

खेलको इन्जुरी समयमा कप्तान सर्जियो रामोसले रातो कार्ड पाएपछि रियाल मड्रिड १० खेलाडीमा समेटिएको थियो । यो खेलपछि रामोस ला लिगामा सर्वा्धिक रातो कार्ड पाउने खेलाडी बनेका छन् । उनले करियरमा ला लिगामा मात्रै २० वटा रातो कार्ड खाएका छन् ।

हारपछि रियाल मड्रिडले तालिकाको दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ । तेस्रो स्थानको रियालले २४ खेलबाट ४५ अंक जोडेको छ ।

समान खेलबाट ५४ अंक जोडेको बार्सिलोना शिर्ष स्थानमा रहँदा दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ४७ अंक छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot