Logo

प्रधानमन्त्रीले चार महिनाअघि उद्घाटन गरेका इलेक्ट्रिक बस अलपत्र



काठमाडौं ९ फागुन । चीनको बिवाइडी अटो इन्डस्ट्रिज कम्पनीबाट ल्याएको पाँचवटा इलेक्ट्रिक बस सञ्चालनमा ल्याउन सरकार असमर्थ भएको छ । ती बसमा आएको प्राविधिक कमजोरी देखाउँदै सरकारले सञ्चालन गर्न नसकेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले चार महिनाअघि दुईवटा बस सञ्चालनको उद्घाटन गरेका थिए ।

संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयको ढिलासुस्तीका कारण सफा सवारीसाधन त्यसै थन्किएको हो । बसमा प्राविधिक कमजोरी भएको आरोप लगाउँदै सरकारले जैविक मैत्री बसको दर्ता प्रक्रिया सुरु गर्न इन्कार गरेपछि ती बस नक्सालस्थित ग्यारेजमा थन्किएका छन् । –नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot