Logo

इंग्लिस प्रिमियर लिग : एभर्टनद्धारा कार्डिफ सिटी पराजित



काठमाडौं, १५ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले कार्डिफ सिटीलाई ३–० ले हराएको छ । गएराति कार्डिफको मैदानमा भएको खेलमा एभर्टनलाई विजयी गराउन जिल्फी सिगुर्डसनले दुई गोल गर्दा डोमिनिक काल्भर्ट लेविनले एक गोल थपे ।

प्रिमियर लिगअन्तर्गत गएराति भएको अर्को खेलमा लेष्टर सिटले ब्राईटनलाई २–१ ले हराउँदा न्यूकासल युनाईटेडले बर्नलेमाथि २–० को जित निकाल्यो ।

गएराति नै हडर्स्फिल्ड टाउनले वुल्भरह्याम्पटन वान्डरर्समाथि १–० को कठिन जित निकाल्यो ।प्रिमियर लिग फुटबलमा आज राति ६ खेल हुनेछन् । शीर्ष स्थानको लिभरपुलले वाट्फोर्डसँग खेल्दा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले वेष्ट ह्याम युनाईटेडसँग खेल्नेछ ।

यसैगरी चेल्सी र टोटनह्याम हट्सपर, आर्सनल र बर्नमाउथ, म्यान्चेस्टर युनाईटेड र क्रिष्टल प्यालेस तथा साउथह्याम्पटन र फुल्हाम भिड्नेछन् ।

एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot