Logo

ह्याम्स अस्पतालले भन्यो,‘भरतमोहन अधिकारीलाई बचाउन सक्ने सम्भावना न्यून छ’



काठमाडौं, १८ फागुन । पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई बचाउनको लागि सम्पूर्ण प्रयास गर्दापनि बचाउन सक्ने सम्भावना न्यून रहेको ह्याम्स अस्पतालले जनाएको छ । अकिारीको पछिल्लो २४ घण्टादेखि स्वास्थ्य अत्यन्तै नाजुक रहेको अस्पतालले जनाएको छ । भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।

अस्पतालका अनुसार उनका महत्वपूर्ण अंगहरुले काम गर्न छाडेका छन्। २४ घण्टादेखि पिसाव नगएको, बचाउन सकिने संभावना न्यून रहेको र उनलाई सजिलो बनाउने उपचार गरिरहेहको अस्पतालले जनाएको छ।

अरु कुनै समस्या देखिएमा तत्कालै जानकारी गराउने पनि अस्पतालले जानकारी दिएको छ। लामो समयदेखि छातीको संक्रमणबाट पीडित उनलाई अस्पताल भर्ना गर्ने र डिस्चार्ज गर्ने क्रम पटकपटक दोहोरिएको थियो। अस्पतालले आजै साँढे ४ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot