Logo

आन्दोलनरत राहत शिक्षकहरुको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग



काठमाडौं। प्रतिनिधिसभाका सांसदहरुले आन्दोलनरत राहत शिक्षकहरुको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाका प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, सत्तारुढ नेकपा, राष्ट्रिय जनता पार्टी, नेपालका सांसदहरुले माध्यामिक शिक्षा परीक्षा संचालन हुनु अघि नै राहत शिक्षकको माग सम्बोधन गरी सामुदायिक विद्यालयहरुको पठनपाठनको काम सुचारु गराउने वातावरण तत्काल बनाउन सरकारलाई सचेत गराए।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले आन्दोलनरत राहत शिक्षकहरुको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे।

उनले राहत शिक्षकको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले हस्तक्षेप गरेकोमा सरकारको निन्दा र भत्सर्ना गर्दै उनीहरुको माग सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए।



प्रतिक्रिया दिनुहोस्