Logo

मोहन बैद्य पनि युद्धको पक्षमा, ओली र प्रचण्डलाई यस्तो चेतावनी (भिडियो)



चैत २४, काठमाण्डौ । नेकपा (क्रान्तिकारी)का महासचिव मोहन वैद्य ’किरण’ले आवश्यक परे फेरि हतियार उठाउने उद्घोष गरेका छन् । पार्टी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) नेपालको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले यस्तो उद्घोष गरेका हुन् ।

’देशले नयाँ विकल्पको खोजी गरेको छ। नयाँ विकल्प खोज्नु छ । हामी त्यो विकल्प हौँ। सच्चा कम्युनिस्टहरु । सत्ता बाहिर रहेका जनवादी गणतन्त्र पक्षधर कम्युनिस्टहरु,’ किरणले अगाडि भने, ’हामी मिल्यौ भने यो व्यवस्था ढाल्न सकिन्छ । आन्दोलन कुराले मात्र हुन्न आवश्यक परे बन्दुक उठाउनुपर्छ । उनीहरु (शासक)ले बन्दुक राख्न पाउने जनताले राख्न नपाउने भन्ने हुन्छ? आवश्यक परे जनआन्दोन, जनविद्रोह र सशस्त्र विद्रोहका लागि तयार हुनुपर्छ ।’

उनले सत्ता बिना केही सम्भव नहुने भन्दै सत्ताका लागि संघर्षको प्रक्रिया अगाडि बढेको उद्घोषसमेत गरे । ’अब सत्ता बिना अरु केही काम छैन। सत्ता कसको जनताको की प्रतिक्रियावादीको? भन्ने प्रश्न मुलभूत रुपमा हो। जनताको सत्ता स्थापनाका लागि संघर्ष आवश्यक छ,’ उनले भने ।

वैद्यले सत्ता बाहिर रहेका कम्युनिस्ट पार्टीलाई एकीकरण गरेर बृहत् पार्टी बनाउन पहल गर्ने पनि बताए ।

आइतबार काठमाडौंमा देशभक्त जनगणतान्त्रिक मोर्चाको प्रथम अधिवेशनको उद्घाटन गर्दै बैद्यले नेत्रविक्रम चन्द, मोहन विक्रम सिंह, गोपाल किराँती लगायतलाई एकीकरणको मोर्चा आउन आग्र्रह समेत गरे ।

उनले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)लाई भने सरकारी कम्युनिस्ट नामको संज्ञा दिनुभयो । समय अनुसार चुनावलाई कहिले उपयोग र कहिले बहिष्कार गर्नुपर्ने भन्दै बैद्यले सबैले एक स्थानमा आउनुपर्ने समयको माग भएको जिकिर गरे ।

चन्द समूहमाथिको प्रतिबन्ध, सिके राउतसँगको ११ बुँदे सम्झौता र राजपाको सांसद रेसम चौधरीलाई आजीवन कारावासको सजाय अमेरिकन सामराज्यवादको निर्देशन भएको उहाले बताए ।

सरकारले घोषणा गरेको ’सम्वृद्धि र विकास’ को नारा सफल नहुने भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले गफमात्र भएको उल्लेख गरे ।

कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्री केपी ओलीको नामै तोकेर सरकारबाट हटाउनुपर्ने बेला आइसकेको बताए । कम्युनिस्टको नाममा ने क पाले इज्जत फालेको उनको आरोप थियो ।



प्रतिक्रिया दिनुहोस्