Logo

नेपाल मेडिसिटीका ४० नर्सद्वारा इन्ट्रा–क्वीजमा सहभागिता



ललितपुर, २६ बैशाख । अन्तर्राष्ट्रिय नर्सिङ सप्ताहको अवसरमा नेपाल मेडिसिटी अस्पतालले आज आन्तरिक हाजीरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ । विभिन्न विभागमा कार्यरत ४० नर्सहरुले प्रतिस्पर्धामा सहभागिता जनाएका छन् ।

नर्सिङ क्षेत्र र यस सम्बन्धित प्रश्नहरु राखिएको यस प्रतिस्पर्धाका सहभागीमध्ये आस्मा प्रधानले प्रथम, श्रृजना श्रेष्ठले दोश्रो तथा रोमी महर्जनले तेश्रो स्थान हाँसिल गर्न सफल भएका छन् ।

आम नागरिक र समुदायसंग कुनै न कुनै प्रकारले नर्सहरुको सम्बन्ध र योगदान रहने भएकाले स्वास्थ्य समस्या समाधानका लागि नर्सहरुको भूमिका महत्वपूर्ण रहेको विषयलाई मध्येनजर गर्दै नेपाल मेडिसिटी अस्पतालले बैशाख २५, २७, र २९ गते विशेष कार्यक्रमको आयोजना गरिरहेको छ ।

प्रत्येक वर्ष मे महिनाको ६ देखी १२ तारिखसम्म मनाइने सप्ताहव्यापी नर्सिङ दिवसको यस वर्षको नारा ‘नर्सिङः द ब्यालेन्स अफ माइन्ड, बडि एण्ड स्पिरीट’ रहेको छ । आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिन मे १२मा पर्ने भएकाले यस दिनलाई नर्सिङ दिवसका रुपमा संसरभर मनाउने गरिन्छ ।

नर्सहरु स्वास्थ्य सेवामा पूर्ण आत्मविश्वासका साथ नेतृत्व तहमा पूुग्न सक्ने वातावरण निर्माण गर्न नेपाल मेडिसिटी अस्पतालले विभिन्न प्रशिक्षण कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot