Logo

‘मदन भण्डारीको हत्यारा खोजी प्रक्रिया सुरु’



काठमाडौं, ३ जेठ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जननेता मदन भण्डारीको हत्यारा खोजी प्रक्रिया सुरू गरिएको बताएका छन् । २६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले छानबिन प्रक्रिया सुरू गरिएकाले छिट्टै हत्यारा पत्ता लाग्ने दाबी गरेका हुन् ।

गृहमन्त्री थापाले भने,‘नेता मदन भण्डारी र जीवराज आश्रितको हत्याबारे छानबिन गर्न हामीले प्रक्रिया थालेका छौं, छिट्टै हत्यारा पत्ता लाग्ने छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot