Logo

काममा ढिलाई गर्ने व्यवसायीहरुको ठेक्का सम्झौंता खारेज गर्ने



काठमाडौं, १७ जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काममा ढिलाई गर्ने निर्माण व्यवसायीहरुको ठेक्का सम्झौंता खारेज गर्ने प्रक्रियालाई अघि बढाइको पनि जानकारी दिए ।

शुक्रबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले काममा ढिलाई गर्ने निर्माण व्यवसायीहरुलाई सचेत गराउन ७ दिने, १५ दिने सूचना जारी गरिएको पनि स्मरण गराए ।

मन्त्री महासेठले राष्ट्रिय गौरवको आयोजनाहरुको निर्माण कार्य ४ वर्ष भित्र सम्पन्न गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । मध्य पहाडी राजमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्गको निर्माण कार्य ४ वर्षभित्र सम्पन्न हुने गरी अघि बढाइएको मन्त्री महासेठको भनाई छ ।

मन्त्री महासेठलले मध्य पहाडी राजमार्गको १३३ वटा पुल मध्ये ७० वटाको निर्माण कार्य सम्पन्न गरिएको तथा हुलाकी राजमार्गको २ सय १९ वटा पुलमध्ये ८० वटाको निर्माण कार्य सम्पन्न गरिएको पनि समितिलाई जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot