Logo

सगरमाथामा आरोहीको निधनले कीर्तिमान कायम गरेपछि विश्वको चासो



जेठ ३१, काठमाण्डौ ।  सगरमाथा आरोहणका क्रममा १६ दिनमा ११ आरोहीको मृत्युपछि सरकार गम्भीर भएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चासो र चर्चाको विषय बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा अध्ययन समिति गठन गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, जनशक्ति व्यवस्थापन तथा पर्यटन प्रवर्धन महाशाखा प्रमुख घनश्याम उपाध्यायको संयोजकत्वमा अध्ययन तथा सुझाव समिति गठन गरिएको हो । समितिले सगरमाथा लगायत हिमाल आरोहणका समस्या बुझेर सुझाव दिनेछ ।

समितिले हिमाल आरोहणमा मृत्यु भएका र हराइरहेका व्यक्तिको सम्बन्धमा मृत्यको कारणबारे छानबिन गर्नेछ । नेपाल सरकार प्रधानमन्त्रीस्तरको निर्णयबाट समिति गठन भएको विभागले जानकारी दिएको छ । पर्वतारोहण क्षेत्रमा देखा परेका नीतिगत, कानुनी, संरचनागत, कार्यविधि सुधारमा पनि समितिले अध्ययन गर्नेछ ।

प्रधानमन्त्री ओलीको बेलायत भ्रमणका क्रममा बीबीसीले आरोही बढीको मृत्यु हुनुमा धेरै आरोहरण टोलीलाई अनुमति दिनु हो भनी प्रश्न समेत गरेको थियो । सगरमाथा आरोहरणका क्रममा आरोहीको ट्राफिक जामले विश्वभर चर्चा पायो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot