Logo

फुटबल प्रतियोगिता शुरु



अखिल नेपाल फुटबल सङ्घ एन्फाको सदस्यता प्राप्त गरेसँगै आजदेखि जिल्लामा फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा सङ्घमा आबद्ध १० क्लबले सहभागिता जनाएका छन् ।

दिक्तेल बजारस्थित माटिकोरे खेलमैदानमा असार ७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताभर जम्मा २१ खेल खेलाइनेछ । सो प्रतियोगिताको एक कार्यक्रमबीच सांसद विशाल भट्टराईले उद्घाटन गर्नुभयो । प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा हलेसी तुवाचुङ फुटबल क्लब, खोटाङ फुटबल एकेडेमी र खारम्बु स्पोर्टस् क्लब आ–आफ्नो खेलमा विजयी भएका छन् ।

हलेसी तुवाचुङ नमूना स्पोर्टस् क्लबविरुद्धको खेलमा १–० गोलले विजयी भयो । सोल्मा स्पोर्टस् क्लब र बुइपा इलेवन स्पोर्टस् क्लबले ३–३ गोलको बराबरी खेलेपछि दुवैले एक÷एक अङ्क बाँडेका थिए । भगवती स्पोर्टस् क्लब खोटाङबजार र खोटाङ फुटबल एकेडेमीबीचको खेलमा खोटाङ फुटबल एकेडेमी १–० गोलले विजयी भएको आयोजक जिल्ला फुटबल सङ्घका अध्यक्ष ध्रुवविक्रम राईले बताउनुभयो । प्रतियोगिताको विजेता तथा उपविजेताले क्रमशः रु २५ हजार र रु १५ हजार पुरस्कार प्राप्त गर्नेछन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot