Logo

बिजुक्छेमाथि खनिए माधव नेपाल, लगाए गम्भिर आरोप



भक्तपुर, ७ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल मजदूर किसान पार्टी(नेमकिपा)लाई अधिनायकवादको संस्कार त्याग्न आग्रह गरेका छन् ।

भक्तपुरको सिर्जनानगरमा श्रमजीवी महिला तथा बाल कल्याण परिषदद्वारा सञ्चालित भ्याली हेल्थ एण्ड रिसर्च सेन्टरको १६ औं वार्षिकोत्सवको अवसरमा बोल्दै नेता नेपालले यस्तो आग्रह गरेका हुन् ।

उनले भने, “नारायणमान बिजुक्छेजी अधिनायकवादको संस्कार कार्यकर्तालाई नदिनुस्, अहंकार, दमनकारी, दास प्रवृत्तिले हुर्किदै गए त्यसको परिणाम विस्थापन नै हो, त्यो बाटोतिर नलाग्नुस् ।”

आफ्ना प्रतिपक्षलाई पनि उत्तिकै सम्मान गरे पनि दिगो रहने टिप्पणी गर्दै उनले एकाधिकार कायम गर्ने, दम्भको घोडामा हिँड्ने र अरुको मुख बन्द गराउन खोजे आफैं समाप्त हुने भनाइ राखे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot