Logo

टिकटकले फर्काएको खुसि



काठमाडौं, असार १८ । मनोरञ्जनात्मक एप्लीकेसन टिकटकले मनोरन्जनमा मात्र होईन भारतको तामिलनाडु राज्यमा रहेको एक परिवारको पुर्नमिलन गराइदिएको छ । करिव तीन वर्षदेखि बेपत्ता भएका महिलाका श्रीमान्लाई खोज्न टिकटकले महत्वपूर्ण भुमिका खेलेको छ ।

सुरेश नामक गरेका हराएका श्रीमान सन् २०१६मा आफ्नी श्रीमती र तीन छोराछोरी छोडेर हिडेका थिए तर,उनी त्यसयता सम्पर्कमा आएनन्। यसबीचमा उनकी श्रीमती जयप्रधाले सम्भव भएजति सबै ठाउँमा खोजी के मात्रै गरिनन् । अखवारमा खवर छाप्नुदेखि प्रहरीमा उजुरी दर्ता गर्दा पनि उनले आफ्ना पतिको अत्तोपत्तो सम्म थाहा पाउन सकिनन् ।

एक दिन महिलाका आफन्तले टिकटकमा सुरेशजस्तै देखिने व्यक्तिको भिडियो देखाएपछि उनलाई आफ्ना श्रीमान जिउदै रहेको र फर्काउन सम्भव होला कि भन्ने आशा पलाएको समाचार श्रोतमा उल्लखे गरिएको छ । उनले तुरुन्त प्रहरीलाई उक्त भिडियो देखाईन र सो भिडियोको आधार अनुसन्धान सुरु भयो । सामान्य घरझगडापछि घर छोडेर हिडेका सुरेश होसुरमा मेकानिको काम गरेर बसिरहेको प्रहरीले अनुसन्धानबाट पत्ता लगायो।

उनी लिंग परिवर्तन गरेकी एक महिलासँगको सम्बन्धमा थिए, जसले उक्त टिकटक भिडियो बनाएकी थिइन् । भिडियोमा ती महिलालाई पनि देख्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot