Logo

सामुहिक यौन चाहने राजकुमारी



काठमाडौं, असार १९ । सात जना युरोपेली युवासँग एकैसाथ यौनसम्पर्क राख्ने कतारकी राजकुमारीलाई होटलमा छापा हानेर रङ्गेहात पक्राउ गरिएको थियो ।

प्रकाउ परेपछि राजकुमारी शेख सल्वाले आफनो उद्देश्य बेलायतको कानुनको उल्लघन गर्न र कतारको इज्जत फाल्न नभएको बताएकी छन् । राजकुमारी सल्वा लण्डनको एउटा होटलमा ७ जनासँग शारीरिक सम्बन्ध राख्दै गर्दा रंगेहात पक्राउ परेकी थिइन् ।

बेलायती सञ्चारमाध्यहरुका अनुसार यो खबर सार्बजनिक नगर्न कतारी दूतावासले ५० करोड युरोको प्रस्ताव गरेको थियो । तर, एक अखबार फाइनेन्सियल टाइम्सले रकम अस्वीकार गरी खबर छाप्ने निर्णय गरेपछि यो घटना बाहिरिएको हो ।

ब्रिटेन र स्कटल्याण्डका सुरक्षा एजेन्सीको संयुक्त टोलीले राजकुमारीलाई ७ जनासँग होटलमा यौनसम्पर्क गर्दागर्दै रंगेहात नियन्त्रणमा लिएको जनाईएको छ ।

प्रहरीले राजकुमारी बसेको होटेलमा केही संदिग्ध व्यक्तिलाई देखेपछि होटेलमा छापा मारेको थियो । बेलायती कानूनले आपराधिक गतिविधिमा संलग्न व्यक्तिसँग शारीरिक सम्पर्क राख्नु गैरकानूनी कार्य भनेको छ ।

राजकुमारी शेखले गैरकानुनी कार्य गरेपनि उनले डिप्लोम्याटिक पासपोर्ट बोकेका कारण कारबाही गर्न नसकिने एक प्रहरीले बताएका छन् ।

पूर्वप्रधानमन्त्री हमद बिन जसीम बिन जबोर अल थानीकी छोरी एवं कतारकी राजाकी सौतेनी बहिनी राजकुमारी शेखले मध्यस्थकर्तामार्फत सात युरोपेली युवकसँग सम्पर्क गरी सम्बन्ध राखेको बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् ।एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्