Logo

११ जनालाई भारत लान खोज्दा मानवतस्कर पक्राउ



विराटनगर, ३ साउन । ११ जनालाई एकैपटक भारततर्फ लाँदै गर्दा तीनजना मानवतस्कर विराटनगरबाट पक्राउ परेका छन् । प्रहरीका अनुसार रोजगारीको प्रलोभन देखाई भारततर्फ लैजान लाग्दा विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो ।

प्रहरीले उद्धार गरेकाहरुमा सबै युवाहरु छन् । मोरङ्ग घर भएका उनीहरु रोजगारीको आशामा मानवतस्करको साथमा हिंडेका थिए ।
प्रहरीले मानवतस्करमा संलग्न फुर्का उराम, फुलकुमारी उराम र हफिज अन्सारीलाई पक्राउ गरेको छ ।

मोरङ्ग र सुनसरी निवासी अभियुक्तहरुबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot