Logo

दश वर्षीया छोरी जर्बजस्ती करणी गर्ने बाबु



अर्घाखाँची, ३ साउन । आफ्नै छोरीमाथि जर्बजस्ती करणी गर्ने बाबु ! अर्घाखाँचीमा ४२ वर्षीय पुरुष छोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा २ साउनमा पक्राउ परेका छन् ।

सितगंगा नगरपालिका विक्रम बस्ने ती पुरुष १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरी चौकी सिमलपानीबाट खटिएको प्रहरीले पुरुषलाई पक्राउ गरेको हो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडितको स्वास्थ्य परीक्षण गरिएको र अभियुक्तलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

पछिल्लो समय बाबुले छोरीमाथि र हजुबाले नातिनिमाथि जबरजस्ती करणी गरेको उजूरी बढ्दै गएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot