Logo

चन्द्रमामा मानव पाइला परेको भिडियोको मूल्य २० करोड



एजेन्सी, ५ साउन । चन्द्रमामा पहिलो मानव पाइला परेको भिडिया टेपको मूल्य २० करोड राखिएको छ । लिलामीमा राखिएको भिडियो टेपमा निल आर्म स्ट्रङ र बुज अल्ड्रिनले चन्द्रमामा पाइला राखेको दृश्य समावेश छ ।

दृश्यमा चन्द्रमाको सतहमा पाइला राखेको, भर्याङ ओर्लिएको, हिंडेको र अमेरिकी झण्डा गाडेको दृश्य समेत छ । चन्द्रमामा मानव पाइला परेको दृश्यहरुमध्ये यो सबैभन्दा प्रष्ट देखिने टेप भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सन् १९७६ मा गेरी जर्जले भिडियो टेप खरिद गरेका थिए । उनले त्यतिबेला तिरेको भन्दा अहिले आठ हजार गुणा बढी रकममा लिलामी राखिएको हो । अहिले १८ लाख २० हजार डलर मूल्यमा न्यूनतम लिलामी रकम राखिएको छ ।

चन्द्रमामा मानव पाइला परेको ५० औं वर्ष पुग्दा भिडियो टेपको मूल्य सार्वजनिक भएको हो । टेप दुई घन्टा २४ मिनेटको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot