Logo

लागूऔषधसहित पाँच युवा पक्राउ



काठमाडौं । प्रहरीले लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट पाँचजनालाई पक्राउ गरेको छ । काठमाडौं, पाल्पा र कास्कीबाट पक्राउ परेकाहरुबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

९ साउनमा शंखमुलबाट पक्राउ पर्नेहरुमा सुमितकुमार देवकोटा र राम श्रेष्ठ छन् । उनीहरुको साथबाट चावी सहितको चाईनिज हतकडी १ थान, अवैध लागूऔषध गाँजा करिब ५० ग्राम, नाईट्रोभेट ३० ट्याबलेट र नगद ८ हजार ८ सय रुपैयाँ बरामद भउको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले बा।७१ प ६२३४ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उक्त सामानहरु सहित पक्राउ गरेको हो ।

पाल्पा, रिब्दिकोट गाउँपालिका-३ भैरवस्थान मन्दिर परिसरबाट भक्तपुर, भक्तपुर नगरपालिका-७ बस्ने २६ वर्षीय अम्मरनाथ योगी र सोही ठाउँ बस्ने ३० वर्षीय अन्जन गिरीलाई करिब ३४ ग्राम लागूऔषध चरेश सहित प्रहरीले पक्राउ गरेको हो । शंकास्पद उनीहरुलाई जाँच गर्ने क्रममा बोकेको झोलामा उक्त लागूऔषध सहित फेला पारी प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी कास्की, पोखरा महानगरपालिका-१५ चोरसाँगुबाट सोही ठाउँ बस्ने ४४ वर्षीय कृष्णकमल केसीलाई बुप्रिनोर्फिन १५ एम्पुल, डाईजापाम १५ एम्पुल, फेनरागन १५ एम्पुल र गाँजा १ सय २० ग्राम सहित प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले केसीलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot